gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

भवन निर्माण समयमै सकेको भन्दै रेसुङ्गा नगरपालिकाद्वारा निर्माण व्यवसायी सम्मानित

अनिल खत्री
११ चैत, गुल्मी । गुल्मीका एक निर्माण व्यवसायी सम्मानीत भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको निर्माण कम्पनी अर्जुन बिल्डर्स प्रालिकी सञ्चालक लक्ष्मी खनालाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सम्मान गरेका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा तहमा निर्माण गरिएका आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन समयमै सम्पन्न गरेको भन्दै अर्जुन बिल्डर्स प्रालिकी सञ्चालक खनालाई सम्मान गरिएको हो । निर्माण व्यवसायीले नगरपालिका वडानम्बर ४, ७ र ९ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन तोकिएको समय अबधी अगाबै सम्पन्न गर्न सफल भएका हुन् ।

शुक्रवार भवनको उद्घाटन कार्यक्रममा नगरप्रमुख डिल्लीराज भुसालले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेको धन्यवाद दिए । उनले देशका कैयौंविकास निर्माणका कामहरु निर्माण व्यवसायी कै कारण समयमै सम्पन्न हुन नसकेको उल्लेख गरे । समयमा काम सम्पन्न नहुँदा नागरिकले धेरै दुख भोग्नु परेको भुसालले बताए ।

तिन कोठे भवन र ट्वाइलेट सहितको भवन सम्पन्न गर्नुपर्ने मिति १ वर्ष रहेको थियो । तर निर्माण व्यवसायीले समय अगाबै नै सम्पन्न गरेका छन् । अर्जुन बिल्डर्स प्रालिले नगरका वडानम्बर ११ र १३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन पनि समय अगाबै सम्पन्न गरेका थिए । समय अगाबै सम्पन्न गरेको भन्दै त्यस अबसरमा पनि सम्मान गरिएको थियो । भवनको ३६ लाखको लागत अनुमान बिडिङ्ग पछि २३ लाखमा भ्याट सहित निर्माण भएका हुन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D