जिल्ला समाचार

भरुवा बन्दुकसहित एक पक्राउ, प्लाष्टिकले बेरेर ओढारमा राखेको बन्दुक भेटियो

हुमाकान्त पोखरेल
२२ पौष, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लाका कृष्ण घर्ति बन्दुक सहित पक्राउ परेका छन् । गत १९ गते उनलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले जानकारी दिए ।

आरोपित घर्तिलाई हातहतियार तथा खरखजना मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको खड्काले बताए ।

त्यस्तै शनिबार गुल्मीकोे इस्मा गाउँपालिका ५ रजस्थलमा बेवारिस अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । स्थानीय ओढारको प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीलाई शुक्रबार राति जंगलमा शिकार खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि त्यस स्थानमा खोज्दै जाँदा बन्दुक फेला परेको हो । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक खड्काको नेतृत्वमा प्रहरी टोली इस्मा पुगेको थियो । स्थानीयहरुले प्रहरी आएको थाहा पाएर भाग्ने क्रममा बन्दुक छाडेर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker