भगवति निम्न माध्यामिक बिद्यालयलाई नगद १ लाख हस्तान्तरण

कौरव खत्री
गुल्मी, ५ चैत्र । गुल्मीका भगवति निम्न माध्यामिक विद्यालयलाई नगद १ लाख हस्तान्तरण गरिएको छ। मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई बाङ्गे स्थित भगवति निम्न माध्यमिक विद्यालयको लागि सोही वडा बाङ्गे निवासी हाल जापान र लण्डनमा रोजगारीको शिलशिलामा कार्यरत रहेका शिक्षा प्रेमी घनश्याम घिमिरे, लोकनाथ घिमिरे, टिकाराम घिमिरे, कृष्ण घिमिरे, यादव घिमिरे र नारायण घिमिरे संयुक्त रुपमा स्वर्गीय बुबाहरु गुणानिधि घिमिरे, नुमाकान्त घिमिरे, यादव घिमिरेको स्मृतिमा, विद्यालयलाई नगद रु १ लाख हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा नगद रकम माता टोपली घिमिरेले विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दान बहादुर केसी,शिक्षक अभिभावक संघ अध्यक्ष ज्ञान बहादुर गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीलाई रकम हस्तान्तरण गरेकी थिइन ।

यस्तै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई बाङ्गे निवासी हाल रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेका समाजसेवी घन बहादुर नेपालीले विद्यालयको लागि रु ५० हजार बराबरको स्मार्ट टेलिभिजन बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ