जिल्ला समाचार

बोधिसत्वा बिहारद्धारा गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

अनिल खत्री
१४ असार, गुल्मी । गुल्मीमा बोधिसत्वा बिहारद्धारा दोस्रो पटक ५ वटा स्वास्थ्य चौकी सहितमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

यसरी स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ हस्तिचौ स्वास्थ्य चौकी, दोहोली स्वास्थ्य चौकी, रेसुङ्गा नगरका वडानम्बर–११ र १२ का स्वस्थ्य चौकी र गुल्मीदरबार वडानम्बर–६ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो ।

त्यस्तै स्वास्थ्य संस्था बाहेक शसस्त्र प्रहरी वल गुल्म गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र देउराली चेक पोष्टलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । स्वास्थ्य सामाग्री जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधी सहित एक कार्यक्रमका बिच समाजसेवी मानबहादुर श्रेष्ठले हस्तातरण गरिएको हो ।

२० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ, बिपी सेट, थर्मल गन, लगायतका २१ प्रकारका स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पन्थले बताए । विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट जिल्लामा दोस्रो चरणमा १० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।

सामाग्री हस्तातरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीले सामाग्री संस्थाहरुले जिल्लामा कोरोना बिरुद्ध लडन ठूलो सहयोग गर्दै आएको बताए । उनले सहयोग गर्ने संस्थालाई आभार प्रर्कट गरे ।

सोहि संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रृङ्गा, शान्तिपु्र र दुबिचौर स्वस्थ्य चौकीलाई २० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ लगायतका संस्थाहरुलाई ३५ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । संस्थाले जिल्लामा केहिसमय पछि पुन खाध्यसामाग्री बितरण गर्ने गरि समन्वय भइरहेको पन्थले बताए ।

दोस्रो भेरियन्टको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D