कोरोनाप्रवास

बेलायतमा ६० जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो

लण्डन, बैशाख २९ । बेलायतमा कोरोना संक्रमणबाट ६० जना नेपालीले ज्यान गुमाएका छन् । लण्डनस्थित नेपाली राजदुताबासले सोमबार दिउँसो गराएको जानकारी अनुसार ५० जना पुरुष र १० जना महिला गरी जम्मा ६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

दुताबासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्थाहरु तथा बेलायत सरकारले उपलब्ध गराएको तथ्यांकलाई पुनर्पुष्टी गरेर तथ्यांक सार्वजनिक गरिएको बताए । उनले अरु थप पाँच जनाको पुनर्पुष्टी हुन बाँकी रहेको पनि जानकारी दिए ।

मृतकहरुमा ४९ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको बताइएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker