जिल्ला समाचार

बेपत्ता युबती चिनाले दरखानको साँझ आमालाई सम्झेकी थिईन

प्रेम सुनार
गुल्मी, भदौं–२९ । गुल्मीको पुर्कोटदमा शौन्दर्यकी खानी र सुशील स्वभावकी चेली भनेर चिनिने चिना कुँवर बुटवलबाट गत १० दिन देखि बेपत्ता भएकी छन । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदह न्वाँराकी १७ बर्षिया चिना पुर्कोटदह कै पृथ्वी उच्च माविबाट ११ कक्षाको परिक्षा दिएर गत ६देखि कपिलवस्तु तर्फ लागेकी थिईन । कपिलबस्तुको गोरुसिङ्गे स्थित सुपादेउराली एग्रो फरेस्टी नामक संस्थामा दुई महिना जति बजार प्रतिनिधीका रुपमा काम गरेको उनकी आमा लक्ष्मी कुँवर बताउ छिन । ति आमाका अनुसार अनमी पढ्न भन्दै चिनाले कतारमा रहेका पिता मिनबहादुर कुँवर संग १ लाख ५० हजार रुपैयाँ मगाईन । प्युठान घर भई बुटवलमा रहेका मामा महेश जिसी संग पनि ५० हजार रुपैयाँ भदौ २० गते बुझिन । दुई थान सिक्री र दुई वटा सुनका वाला पनि उनका साथमा थिए । त्यस दिन दिउँसो दुई बजे सम्म सम्कर्पमा थिईन । त्यस पछि सम्पर्क विहिन भईन ।

पुर्कोटदका समाज सेवी बसन्त गैरै भन्छन त्यसको ६ दिन पछि दरखानको साँझ उनले आमालाई सम्झेर ००९७४७४४५७१३४ नम्वरबाट फोन गरेकी थिईन । ९ सेकेन्ड मात्र कुरा गर्ने क्रमम आमा म जिवितै नेपाल मै छु भनेर फोन आफ भएको थियो । जुन कोड नम्वर कतारको हो । उनका काका विमल कुँवरले भतिजीको खोज तलासका लागि बुटवलमा सञ्चारकर्मी संग आग्रह गर्नुका साथै ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा जाहेरी समेत दिएका छन । उनि आफै बेपत्ता हुनुको कारण परिवारजनले देखेका छैनन । कसैले अपहरण गरेको आशंकाले परिवारमा रुवाबासी छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D