बुल्म प्राविलाई शैक्षिक र खेलकुदका सामग्री प्रदान

टोपलाल अर्याल
गुल्मी, ८ पुस । इस्मा गाउँपालिका ६ अम्मरपुरको बुल्म आधारभुत बिद्यालयल र बुल्म युवा क्लवलाई भक्तपुरको संस्थाले सहयोग गरेको छ । मध्येपुर ठिमी भक्तपुरको ल्यायामह् पुछ सस्थाले बुल्म आभारभुत बिद्यालयका ८० जना बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक, खेलकुदका सामग्री तथा प्राथमिक स्वास्थ्य उपचारकाका साग्री प्रदान गरेको हो ।

ल्यायामह: पुछ मध्यपुर ठिमी भक्तपुरका अध्यक्ष जुन श्रेष्ठले बिद्यालयका प्रध्यानाध्यापक बम बहादुर थापालाई सामग्री हस्तान्तरण गरे । साथै बुल्म युवा क्लवलाई पनि संस्थाले खेलकुदका सामग्री प्रदान गरेको छ । बुल्म आधारभुत प्राथमिक बिद्यालयमा सवै कुमाल समुदायका बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । गरिव तथा बिपन्न कुमाल समुदायका बालबालिकालाई भक्तपुरबाट आएर ठुलो सहयोग पुराएकोमा वडाध्यक्ष हिरा जिसीले आभार प्रकट गरे ।

यो कार्यक्रमले बिद्यालयका बालबालिकालाई सहयोग मात्रै नभएर भक्तपुरसंग इस्माको थप सम्बन्ध समेत स्थापित हुने विश्वास व्यक्त गरे । सहयोग गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले पनि हरि बहादुर बैद्य प्रजापतिको सहयोगमा बुल्म गाउँमा आएर सहयोग गर्न पाएकोमा खुसी प्रकट गरे । भक्तपुरको टोलीलाई बिद्यालयले बुल्मको पहिचानको रुपमा रहेको वस्तु सेरामिक्सबाट उत्पादन भएको माटोका सामग्री उपहार प्रदान गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ