जिल्ला समाचार

बुटवल र काठमाडौंमा गुल्मीका बिद्यालयका अध्यक्षहरु: गाउँमा पद ओगट्ने, शहर पस्ने

सन्तोष महतारा
गुल्मी, साउन १६ । गुल्मीका केहि विद्यालयहरु राजधानी काठमाडौँमा र बुटवलमा बसेर ब्यबस्थापन हुँदै आएका छन् भन्दा सबैलाई अचम्म लाग्छ । गाउँमै भलादमी बन्ने अनि आफु सहर पस्ने तर पद भने नछाड्ने भन्ने आरोप धेरैलाई लाग्ने गर्दछ । ठ्याक्कै त्यस्तै प्रचलन गुल्मीका केहि विद्यालयहरुमा पनि देखिँदै आएको छ । कम्तीमा एक महिनामा एक पटक बैठक बस्नुपर्ने भएपनि त्यस्ता विद्यालयमा ब्यवस्थापन समिति अध्यक्षको उपस्थिति भने बिरलै मात्र हुने गरेको छ ।

विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शहर बस्छन् । अन्य सदस्यहरु पनि विद्यालयमा देखिँदैनन् । अनि सरकारी विद्यालयहरु भताभुङ्ग बन्दै जानुमा त्यस्तै अध्यक्षहरुलाई मुख्य रुपमा दोष दिन पछी पर्दैनन् आमा जनता ।

विद्यालय ब्यवस्थापन समितिको बैठक कम्तीमा महिनाका एकपटक हुनै पर्ने प्रावधान रहेको गुल्मीका विद्यालय निरिक्ष झविन्द्र बि.क ले जानकारी दिनुभएको छ । सक्रिय नै भएर दैनिक पनि बैठक बसी छलफल गर्न सक्ने अधिकार विद्यालय ब्यवस्थापन समितिलाई छ । तर एक महिनामा एक पटक भने बैठक बसेको हुनपर्ने विद्यालय निरिक्षक बि.कले जानकारी दिनुभएको छ ।

जिल्लाको मालिका गाउँपालिकाको घमिरमा रहेको देविस्थान माध्यमिक विद्यालयको ब्यस्थापन समिति अध्यक्ष ज्ञान बहादुर कार्की हुन् । उनी काठमाडौमा बस्छन् । गाउँको विद्यालयको ब्यवस्थापनको भने अध्यक्ष नै हुन् । कहिलेकाँही गाउँ आउँछन् । त्यहि पनि विद्यालय र प्रधानाध्यापकसँग भने खासै भेट नहुने बिद्यालय प्रशासनले जानकारी दिएको छ । त्यहि कारणले देविस्थान माध्यमिक विद्यालयमा थुप्रै समस्या रहेको आरोप अभिभावकहरु लगाउँछन् ।

आजभन्दा १२ बर्षअगाडी शान्ति मन्त्रालय मार्फत एक करोड बजेटमा भानुपोखरामा बनेको विद्यालयको भवनले अझै मुर्तरुप पाएको छैन । यसको कारक भन्नु विद्यालय र विद्यालय ब्यबस्थापन समितिको सम्बन्ध राम्रो नहुनु जानकारहरु बताउँछन् । त्यति मात्रै होइन इस्मा गाउँपालिकामा रहेको अम्मरपुर ओम प्रसाद गौतम माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुजन गौतम हुन् । उनी प्राय: बुटवल बस्छन् । उनको परिवार पनि वुटवलमा नै छन् । ब्यवस्थापन समितिको केहि काम परे आउने अध्यक्ष गौतमले जानकारी दिए ।

गाउँमा मात्रै होइन सदरमुकाम तम्घासकै विद्यालय पनि त्यस्तै अवस्थामा छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा रहेको उपल्लो तम्घास माध्यमिक विद्याललयका ब्यवस्थापन समिति अध्यक्ष गुणानिधी शर्मा हुन् । उनी अहिले काठमाडौँमा छन् । घरपरिवार उपल्लो तम्घासमै भएपनि आफ्नै कामले राजधानी पसेका छन् । राजधानी छोटो समयको लागि हैन । दशैँ पछि मात्रै तम्घास फर्कने अध्यक्ष शर्माले बताए ।
यस्तै कारण जिल्लाका केहि विद्यालय राजनितिक रुपले ग्रस्त छन् । केहि विद्यालयमा ब्यवस्थापन समिति र विद्यालयकै प्रधानाध्यापक बिच हित्तचित्त छैन । त्यसैले पनि विद्यालयको न भौतिक अवस्था ठिक बन्न सकेको छ न त शैक्षिक अवस्था नै ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D