gulminews logo
सोमबार, २०७९ श्रावण २३

बुटवल जाँदै गरेको बसमा ढुंगा खस्दा चालक सहित पाँच जना घाइते

गुल्मी, असौज ११ । गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा शनिबार दिउँसो चालकसहित पाँच जना घाइते भएको उज्यालो अन्लाईनले खबर छापेको छ ।

पाल्पा–बुटवल सडकको तिनाउँ गाँउपालिका–३ हेडबक्समा २० जना सवार लु.१.ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवल जाँदै गरेको बसमा ढुङ्गाले लाग्दा तिलोत्तमा नगरपालिका–४ का ३५ वर्षीय चालक कमल राउत, बसमा सवार वालिङ्ग नगरपालिका १४ कि ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु र तिनाउँ–६ पाल्पाका ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी गाँउपालिका–५ का २३ वर्षीइ संतास चौहान घाइते भएका हुन् ।

घाइतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D