जिल्ला समाचारमुख्य हेडलाईन

बिहानैदेखी रिडीमा नुहाउन श्रदालुको घुँइचो, यसबर्ष माघे सक्राँन्ती मेला लागेन

अनिल खत्री
गुल्मी, १ माघ । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्राँन्ती मेलाको अबसरमा लाग्ने मेला नलाग्ने भएको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेला अबलोकन गर्नेहरु जाने गर्दथे । तर यसवर्ष कोरोना महामारीले गर्दा रिडीमा लाग्ने मेलाका सम्पूर्ण कार्यक्रमहरु नगरिएको रुरुक्षेत्र गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले बताए । तर रिडी स्थित कालिकगण्डकी क्षेत्रमा स्नान गर्न भने श्रदालु भत्तजन पुग्ने गरेका छन् ।

अघिल्ला वर्षहरुमा जस्तै श्रदालुभत्तजनहरु बिहानैदेखि आउने गरेको रुरुक्षेत्र रिषीकेश मन्दिरका पण्डीत चुरामणी तिमिल्सीनाले बताए । माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सक्रान्तिमा नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ ।

गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ । रिडीमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । अघिल्लो वर्षहरुमा व्यवस्थित रुपमै मेला लाग्ने गर्दथ्यो । तर यसवर्ष व्यापारीहरु स्वतस्फुर्त रुपमा व्यपारको लागि केहि व्यापारीहरु आएको स्थानीय सुन्दर कसजुले बताए । व्यापारिक स्टलहरु नबनाइए पनि केहि व्यवसायीहरु बिभिन्न सामाग्री लिएर आएको कसजुले बताए । माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दथे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D