जिल्ला समाचार

बिश्व अपाङ्ग दिवसमा अपांगता भएकाहरुले गरे रेसुङ्गामा सरसफाई

अनिल खत्री
१७ मंसिर,गुल्मी । बिश्व अपांग दिवसको अबसरमा बिभिन्न कार्यक्रमहरु गरेर दिवस मनाएका छन् । तर गुल्मीमा भने अपांगताको क्षेत्रमा काम गर्दै आएको एक मात्र संस्थाको आयोजनामा फरक तरिकाले दिवस मनाएका छन् ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रको आयोजनामा धर्मिक स्थलमा सरसफाई गरेर मनाएका छन् । अपांगताको क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै आएको केन्द्रको अगुवाईमा गुल्मीको धार्मिक,ऐतिहासिक तथा पर्यटकिय क्षेत्रमा सरसफाई गरेर मनाएका हुन् ।
दिवसको अबसरमा बिभिन्न खाले नाराहरु मञ्चको कार्यक्रमहरु गरेर समय बिताउने गरेता पनि अपांगहरुले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन उदेश्यले धार्मिक स्थल सरसफाई गरेर दिवस मनाएको आशा अपांग केन्द्र गुल्मीका लेखापाल सुरेश श्रेष्ठले बताए । केन्द्रमा रहेका १५ जना अपांगता भएका र मजुवा स्थित रेसुङ्गमा अबलोकनमा आएको पोलारिस इगलिस बोडिङ्गका बिद्यार्थीहरुको सहयोगमा रेसुङ्गा पोखरी,मन्दीर परिसरमा सरसफाई गरेका हुन् ।
रेसुङ्गा क्षेत्र धार्मिक तथा ऐतिहासिक, पर्यटकिय स्थल रहेकाले यस क्षेत्रलाई सरसफाई गरेर स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिन पनि अपांगता भएका व्यक्तिहरुले सरसफाइ कार्यक्रम राखिएकोे श्रेष्ठले बताए । अपांगता भएका अबसर पाए केहि गर्न पनि सक्छन् भन्ने मुख्य सन्देश सरसफाई कार्यक्रमको रहेको श्रेष्ठको भनाई छ ।
आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पुर्याउर्दै आएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker