बिरवास काण्ड: पीडित परिवारद्वारा किटानी जाहेरी

टोपलाल अर्याल
गुल्मी, १० फागुन । शुक्रबार बिहान मृत भेटिएका गुल्मी दरबार गाउँपालिका-४ वीरबासका ३२ वर्षीय मोहन प्रसाद चुँदालीको परिवारले प्रहरीमा शनिबार किटानी जाहेरी दिएका छ्न । बिहीबार राति स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका उनी अर्कोदिन मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ ।

आरोपित कँडेलसँग लामो समयदेखी बोलचाल नभएको, बीचमा अन्य धेरै बिषयमा विवाद भैरहने र बिहिवार राती एक्कासी संगै बसेर खानपिन गरेका कारण हत्या भएको आशंकामा मृतक चुँदालीको परिवारले कँडेल विरुद्ध किटानी जाहेरी दिएका छन् । बिहिवार अबेरसम्म विष्णु दाइलाई लिएर खाना खान आउँछु भनेर आफूलाई फोन गरेको श्रीमती सरस्वतीले बताइन् ।

मोहन मृत अवस्थामा भेटिएपछि परिवार शोकमा डुबेको छ । किटानी जाहेरी दिएपछि मोहनकी भाउजु मिना चुँदालीले घटनाको सत्यतथ्य छानबिनको माग गरिन् । उनले दोषीलाई उन्मुक्ति र पीडितलाई अन्याय प्रहरीबाट नहुने आशा लिएको बताइन् ।

प्रहरीले अनुसन्धानका लागि कँडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पीडित परिवारको तर्फबाट जाहेरी परेकाले थप अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले बताए । मृतक माेहनकाे शव दुई दिनदेखि गुल्मी अस्पताल तम्घासकाे शव गृहमा राखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ