जिल्ला समाचार

बिबिध कार्यक्रम सहित गुल्मीदरबार गाँउपालिकाले मनायो बिश्व स्वास्थ्य दिवस

रामकृष्ण कँडेल
गुल्मी । गुल्मीको गुल्मीदरबार गाँउपालिकाले बिश्व स्वास्थ्य दिवस मनाएको छ । बिश्व स्वास्थ्य दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै गुल्मिदरबार गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा हालसम्म गरेका कामहरूको समिक्षा गरेको छ । हरेक बर्ष अप्रिल ७ तारीखका दिन विश्वभर मनाइने विश्व स्वास्थ्य दिवस गुल्मिदरबार गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरि मनाएको हो ।

गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच सबैका लागी स्वास्थ्यू भन्ने मुल नाराका साथ दिवस मनाईएको छ ।
गाउँपालिका भवन गौडाकोटमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखबहादुर बस्नेतको सभापतित्व, प्रमुख अतिथी गुल्मीदरबार गाँउपालिका अध्यक्ष अशोककुमार थापा, बिशिष्ट अतिथी गाँउपालिका उपाध्यक्ष मिना भण्डारी रहनुभएको थियो ।

गुल्मिदरबार गाउँपालिका अन्तरगतका स्वास्थ्यकर्मी, गाँउपालिका अन्तरगतका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू , स्थानीय पत्रकार लगाएतको बाक्लो उपस्तिथिती रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्यहरुको तर्फबाट तारा गिरि , वाड अध्यक्षहरुको तर्फबाट राम बहादुर पल्ली , प्रमुख अतिथि विशेष अतिथी लगाएतले शुभकामना मन्तव्य राख्दै गुल्मिदरबार गाउँपालिको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा अन्य गाउँपालिकाले भन्दा अत्यन्तै उत्कृष्ट कामहरू गर्दै आएको र आगामी दिनमा पनि आफुहरुको सहयोगमा कुनै कमि आउन नदिने प्रतिबद्धता समेत जायर गर्नुभएको थियो ।

दरबार देबिस्थान स्वास्थ्यचौकी प्रमुख जुनकला बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले गर्नुभएको थियो। साथै विश्व स्वास्थ्य दिवस कै अवसर पारेर गुल्मिदरबार गाउँपालिका वडा नम्बर ४ स्थित रुन्खा दह माबिमा प्राबिधिक शिक्षा संचालनार्थ चैत २३ देखि चलिरहेको महायज्ञमा बलिथुम स्वास्थ्यचौकी , जुभुङ्ग स्वास्थ्यचौकी , बिरबास स्वास्थ्यचौकी , अमर अर्बाथोक स्वास्थ्य चौकी , दरबार देबिस्थान स्वास्थ्यचौकी , चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाइ र गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारीहरु बाट संकलित एकमुष्ट ३५ हजार जम्मा गरि प्रदान गरिएको छ ।

उक्त रकम प्रदान गर्दै स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले प्राबिधिक शिक्षा जस्तो अत्यन्तै उत्कृष्ट कार्यको लागि संचालित महायज्ञमा सबैले आ आफ्नो तर्फबाट दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D