जिल्ला समाचार

बिद्यालयमा सुशासन मापन विधीको कार्यशाला गोष्ठी सम्पन्न

अनिल खत्री
१८ चैत, गुल्मी । सामुदायिक विद्यालयको सुशासनको अवस्थालाई अंकमा मापन गर्नका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका २, जुभुंगमा रहेको काभ्रेपोखरी माविमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवालाको उपस्थितिका उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एकीकृत ग्रामीण विकास समाज गुल्मी र एफएचआई ३६० को संयुक्त सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकामा रहेको मैण्डाँडा मावि र जुभुंगको काभ्रेपोखरी मा।वि।मा उक्त विधिको कार्यान्वयन गरिएको हो । उक्त कार्यशालामार्फत विद्यालयको समग्र सेवाप्रवाहलाई प्रभावकारिता, जवाफदेहिता, विधिको शासन, सहभागिता र समता गरी ५ वटा मापदण्डका विभिन्न सुचकहरुका आधारमा कार्यसम्पादनलाई अंकमा मापन गरिने संस्थाले जनाएको छ ।

सहभागिहरुले दिएको अंकका आधारमा कमजोर देखिएका सुचकहरुलाई छनौट गरी अन्त्यमा सुधारका लागि कार्ययोजना बनाइनेछ । काभ्रपोखरी मा।वि।को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हरिहर गौतमले विद्यालयको स्वमूल्यांकन गर्ने कामको सहजीकरण गरिदिएकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ श्रीराज खड्का, एकीकृत ग्रामीण विकास समाजका कार्यसमिति सदस्य ओम कार्की लगाएतले मन्तब्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन परियोजना संयोजक हीरा कुवँरले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D