gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

बिदेशमा बसेर काम गरेर फर्केकाहरुको “रिटर्नी माईग्रेट नेपाल” गुल्मीको प्रथम जिल्ला अधिबेशन सम्पन्न

युगराज बस्याल
गुल्मी, मंसिर २१ । रिटर्नी माईग्रेट नेपाल गुल्मीको प्रथम जिल्ला अधिबेशन रुरु क्षेत्र गाउँपालिका रिडिमा सम्पन्न भएको छ । अधिवेशनले रबिलाल पन्तको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति समेत चयन गरेको छ ।
समीतीको उपाध्यक्षमा कृष्ण बहादुर कुंवर, सचिव हुतराज गौतम, लगानी बोर्ड संयोजक प्रितम श्रेष्ठ सर्वसहमतिमा चयन हुनुभएको हो ।

बिदेशमा बसेर काम गरे पनि नेपाल फर्किएका युवाहरुलाई संगठित गदै उनिहरुमा भएको सिप, क्षमता र नगदलाई स्थानिय स्तरमा उपयोग गदै समबृद्धिको लागी रिटर्नी संगठित भएका हुन । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सासंद कमलराज क्षेष्ठले रिटर्नी संगठित र सस्थागत भएमा लगानी गर्न सरकारले सघाउने बताउनुभयो । कार्यक्रममा बिषेश अतिथि गाउँपालिका प्रमुख निलकण्ठ गौतमले सिप क्षमता योजना र कार्यक्रमका साथ संस्थागत रुपमा रिटर्नी गाउँपालिकामा आएमा गाउँपालिकाको क्षमता अनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष पन्थले कार्य समितिले जिल्लाका रिटर्नीलाई एकिकृत गदै उनिहरुको सिप र क्षमतालाई उत्पादनको क्षेत्रमा लगाउने बताउनु भएको थियो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D