जिल्ला समाचार

बिकासको लागि जग बसाल्यौं : परराष्ट्रमन्त्री ज्ञवाली

अनिल खत्री
५ जेठ, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालिले निर्वाचित भए पछिको पछिल्लो एक वर्षमा बिकासको लागि जग बसिसकेको बताउनु भएको छ । आइतवार गुल्मीदरबार गाउँपालिका वाड नम्बर ७ र वाड नम्बर ३ राजा जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले एक वर्षमा बिकासको लागि जग बसिसकेकोले अब बिकास निर्माणले तिब्रता पाउनेमा सम्पुर्णलाई बिस्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै अबको समृद्घि कृषि उत्पादनसँग जोडिनुपर्ने बताउनु भएको छ । भर्खरै मात्र चिनसँग पारवहन सम्झौता गर्न सफल भएकोले अब नेपालको दक्षिणमा रहेको भारत मा मात्रै भर पर्न नपर्ने कुरा बताउनु भयो ।

उहाँले अब उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुद्री माध्यम बाट समेत अन्य देशसँग पनि जोडिन सकिने बताउनु भयो । मन्त्री ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पना समेत गर्नु नपर्ने कुरा बताउनु भयो ।

रेसुङ्गा बिमानस्थलको कालोपत्रे, सालझण्डी खज्र्याङ्ग ढोरपाटन फास्ट ट्रायक गुल्मीका विभिन्न बिध्यालयमा प्राविधिक शिक्षाको सुरुवात, खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका बिकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । गुल्मी जिल्ला क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरि कुल ३० लाखमा सम्पन्न भएको सडकको लम्बाई कुल ५ किलोमिटर रहेको छ ।

पहिलो पटक आइतबार लु १ ख ९८५४ नम्बरको बस आफ्नो घर नजिकै पुग्दा सडकको बिच बिचमा चालक र अतिथी हरुलाइ स्थानीयले भब्य स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का विशेष अधिकार समितिका सभापति कमल श्रेष्ठ, गाउँपालिका अध्यक्ष अशोककुमार थापा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधि महिला समूहसुरक्षाकर्मी , समाजसेवी बुद्धिजीवी कार्यालय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सडक निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने विभिन्न ब्याक्तीहरुलाई सम्मान गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D