जिल्ला समाचार

बाल विकासका महिलाहरु राज्यबाटै शोषणमा

प्रेम सुनार

बुटवल, असार–३० । २०५८ साल देखि राज्यले विद्यालयमा वाल विकास केन्द्रको अवधारण ल्याए पछि त्यस केन्द्रमा पढाउने देशका हजारौं महिलाहरु शोषणमा परेका छन । पछिल्लो पटक अहिलेको सरकारले मजदुरहरुको तलव १३ हजार भन्दा बढि तोके पनि यतिका वर्ष देखि विद्यालयमा वाल विकास सहयोगी कार्यकर्ताका रुपमा पढाउँदै आएका महिलाहरु अहिले जम्मा मासिक ६ हजार तलवमा पढाई रहेका छन ।

स–साना वालवालिका बोकेर ज्ञापन पत्र बुझाउन सदरमुकाम तम्घास आएका सहयोगी कार्यकर्ताहरु

त्यस विरुद्ध प्रदेश ५ बाट महिलाहरु आन्दोलित भएका छन । सरकारले हालै स्थायी शिक्षक दरवन्दी आव्हान ग¥यो , राहत दरवन्दी शिक्षकहरुलाई उमेर हद म्याद नलागाउने निर्णय ग¥यो । तर उनिहरु जस्तै यतिका वर्षदेखि सुरुमा मासिक ५ सय र अहिले छ ६ हजार रुपैयाँ तलवमा पढाँउँदै आएका वाल विकास केन्द्रका शिक्षकहरुलाई भने त्यसमा सहभागी हुनबाट बञ्चित गाएर पछि उनिहरु आन्दोलित भएका हुन् ।

गुल्मी दरवार गाउँपालिका विरवास भट्टेचौर स्थित सरस्वती प्राधामिक विद्यालयकी वालविकास सहयोगी कार्यकर्ता खिमकुमारी पौड्याल भन्छिन –‘ २५ वर्षको उमेर देखि वाल्खा (वालक ) काँखमा राखेर महिनाको ५ सय रुपैयाँबाट पढाउन थालेकी हुँ , अहिले ४० कि भएँ । ब्याचरलर पास गरेकी छु ।

हामी साह्रै अन्यायमा प¥यौं । राहत शिक्षकले झै आफुहरुले पनि यतिका वर्ष देखि न्युन तलवमा पढाउँदै आएका छौं तर उनिहरुलाई खुल्ला दरबन्दी शिक्षक आव्हानमा उमेरको हदवन्दी नलगाई समावेश गर्न पाउने तर आफुहरुलाई त्यसबाट बञ्चित गर्दा ठुलो अन्यायमा परियो । ’

रेसुङ्गा नगरपालिका–४ बुद्ध माध्यामिक विद्यालय अर्खलेकी वालविकास सहयोगी कार्यकर्ता गोमा ज्ञवाली पन्थी भन्छिन –‘ हामीलाई अरु सरह तलव सुविधा र स्कुल डे«श छैन । महँङ्गी भत्ता पनि छैन । कक्षा ५ सम्मका विद्यार्थी पढाउँदै आएका छौं । राहत शिक्षकमा जतिकै योग्यता र क्षमता पनि छ । हामीले शिक्षकको लाईसेन्स समेत लिएको छौं । तर पनि हामीलाई राज्यले वेवास्त ग¥यो । हामी साहै अन्यायमा परेका छौं । ’

मुसिकोट नगरपालिका–८, वामी स्थित शारदा विद्यामन्दिरकी तुल्सी मल्ल , सोही नगरपालिका गंगा प्रा विकी मिना केसी, शिद्धबाबा मावि तम्घास खानीगाउँकी मधु श्रीस लगायतका सयौं महिलाहरुले आज प्रमुख जिल्ला अधिकारी यदुनाथ ज्ञवाली मार्फत संघिय सरकारका शिक्षा मन्त्री र प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन वराललाई ज्ञापन पत्र पेश गर्दै छन ।

शिक्षा विकास समन्व्य ईकाई गुल्मीका शिक्षा अधिकारी भुवनेश्वर घिमिरेले शिक्षा ऐनमा उनिहरुलाई सहयोगी कार्यकर्ता मात्रै राखेकोले केन्द्रले उनिहरुलाई पनि शिक्षकको दरवन्दीमा नराखेकोले यस्तो समस्या आएको बताए । सामाजिक विकास मन्त्री सुदर्शन वरालले उनिहरु माथी अन्याय भएको बताए ।

उनले भने–‘ त्यति थोरै तलवमा उनिहरुलाई वालविकास कार्यकर्ताका रुपमा राज्यले कजाएको छ । एउटा मजदुरको तलम झण्डै १४ हजार प्रस्ताव गर्ने सरकारले उनिहरुलाई भने जम्मा ६ हजारमा मात्रै कजाउनु अन्याय हो । उनिहरुलाई शिक्षक सरहको हैसियत दिलाउन नीति मै फेरवदल गर्न जरुरी छ । यसवारे केन्द्र सरकार संग मैले कुरा गर्ने छु । ’

गुल्मीमा मात्रै वाल विकास सहयोगी कार्यकर्ताहरु ४ सय ७७ जना रहेका छन । यस्ता कार्यकर्ताहरु स्थानिय तहमा बढि मात्रमा गरिव विपन्न र केहि एकल महिला छनौट गरी नियुक्ति गरिएको थियो ।

अधिकांस ति सहयोगी कार्यकर्ताल राज्यलाई आबश्यक भए शिक्षक सो सरहको सुविधा दिनु पर्ने अन्यथा खारेज गर्न माग गरेका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D