जिल्ला समाचार

बालिका बलात्कार गर्ने इस्माका युवक पक्राउ

टोपलाल अर्याल
गुल्मी, ३० फागुन। बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका ४ का १६ बर्षिय हिमाल दमाई (दर्जी) लार्ई प्रहरीले पक्राउ गरेको छ । आरोपितले मंगलबार साँझ ४ बजे ६ बर्षिया बालिकालाई चाउचाउ बिस्कुटको लोभ देखाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले बताए ।

परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले गिरफ्तार गरि मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल सदरमुकाम पठाएको जानकारी दिइन् । बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरि बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको यादवले बताए । आरोपित अहिले प्रहरी हिरासतमा छन् । अदालतबाट म्याद थप गरी थप कानुनी कारबाहि अगाडी बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D