जिल्ला समाचार

बालबालिकालाई श्रममा लगाए गाउँपालिका प्रतिकारमा उत्रिन्छ: उपाध्यक्ष पन्थ

हुमाकान्त पोखरेल
गुल्मी, ०५ असार । बालबालिकालाई कसैले श्रममा लगाए गाउँपालिका त्यस्को प्रतिकारमा उत्रने रुरु गाउँपालिकाकी उपाध्यक्षले चेतावनी दिएकी छन् । होटल, सडक लगायतका कुनै पनि काममा बालबालिकालाई काममा लगाइए त्यसको प्रतिकारमा गाउँपालिका उत्रने उपाध्यक्ष लक्ष्मी देवी पन्थले बताएकी हुन् ।

५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा बाल उत्थान तथा समाज विकास केन्द्र, गुल्मीको आयोजना सम्पन्न शैक्षिक सामाग्री बितरण कार्यक्रमा पन्थले सो कुरा बताएकी हुन् ।

सोही अवसरमा रुरु गाउँपालिकाका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । गाउँपालिकाका सात विद्यालयका कुल २० जना विद्यार्थीलाई एक-एक वटा झोला, आधा-आधा दर्जन कापी र कलम वितरण गरिएको हो ।

५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा बाल उत्थान तथा समाज विकास केन्द्र, गुल्मीले शैक्षिक सामाग्री प्रदान गरेको हो । यसअघि सँस्थाले गाउँपालिकाका सबै वडाका विद्यालयमा बाल सञ्जालको समिति समेत गठन गरेको थियो । त्यसका साथै विद्यालयका विद्यार्थीहरुलाई बालबालिकाको अधिकार, कर्तव्य, नेपालमा बालबालिकाको अधिकार लगायतका बिषयमा पत्रकार हुमाकान्त पोखरेलले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण पश्चात बाल क्लवका पदाधिकारी र विद्यालयको रोहवरमा विद्यालयका गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीहरुको छनोट गरिएको थियो । त्यसरी छनोट गरिएका विद्यार्थीहरुलाई बिहिबार शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुरु गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी पन्थले दिएका सामाग्रीको सहि सदुपयोग गर्न अनुरोध गरिन् । त्यसका साथै रुरु गाउँपालिका ‘पूर्ण भर्नायुक्त गाउँपालिका’ घोषणा भएकोले पनि बालअधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताइन् ।

वितरण कार्यक्रममा विभिन्न जनप्रतिनिधि, विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सँस्थाका अध्यक्ष प्रकाश चालिसेको अध्यक्षता, सचिव घनश्याम खरेलले स्वागत मन्तव्य तथा श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker