मुख्य हेडलाईन

बाणिज्य संघको निर्वाचनमा गर्मागर्मी, दुवै प्यानलका उम्मेद्धारको यस्ता छन् आफुले जित्ने दाबी

हुमाकान्त पोखरेल
गुल्मी । ०८ गुल्मी । गुल्मी उद्योग बाणिज्य संघको निर्वाचनले यतिबेला बजारमा रौनक छ । दुई ठुला राजनीतिक दलबाट दुई प्यानल बनाई निर्वाचनमा होमिएका व्यवसायीहरुबिच चुनावी गतिविधि बढ्दै गएको छ । अहिले उनीहरु अध्यक्षसहित सबै सदस्यहरु तथा पार्टीका शुभचिन्तक समेत भई व्यवसायीहरुसँग मत माग्न व्यस्त छन् । बजारका चोक, चिया पसल, होटल लगायतका स्थानमा बाणिज्य संघको निर्वाचनमा होमिएको उम्मेद्धारहरुकै चर्चा सुनिन्छ ।

राजनीतिक खिचातानीका कारण गुल्मी उद्योग बाणिज्य संघमा निर्वाचन हुने भएको हो । दलिय हिसाबमा पदिय भागबन्डा गरी सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि निर्वाचन हुन लागेको हो । शनिबार हुने निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसमा आस्था राख्ने व्यवसायीहरुले दुई छुट्टाछुट्टै प्यानल निर्माण गरी निर्वाचनमा होमिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निवर्तमान अध्यक्ष समेत रहेका दुर्गाप्रसाद पाण्डे र काङ्ग्रेसको तर्फबाट निवर्तमान बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको नेतृत्वमा प्यानल बनाई व्यवसायीहरु नेतृत्व चयनका लागि लागिपरेका छन् । कम्युनिष्ट पार्टी आबद्ध उम्मेदवारका पाण्डेको प्यानलमा उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसाल रहेका छन् । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । अन्य १० सदस्य छन् ।

नेपाली कांग्रेस पार्टी आबद्ध उम्मेदवारका भलामी प्यानलमा उपाध्यक्षहरुमा रामप्रसाद पन्थी, इश्वरी पौडेल, मृगेन्द्र श्रेष्ठ रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याललाई उम्मेदवार बनाएका छन् । भने अन्य १० सदस्यहरु छन् । कम्युनिष्टको तर्फबाट उम्मेद्धार दिएका उम्मेद्धारहरुले सरकारको काम तथा अघिल्लो कार्यकालमा भएका कामको प्रचार गरी निर्वाचन जित्ने प्रयासमा छन् । भने काङ्ग्रेस निकट उम्मेद्धारहरुले कम्युनिष्टका नराम्रा काम तथा आफुले गरेको कामको प्रचार गर्दै भोट मागिरहेका छन् । बाणिज्य संघको निर्वाचनलाई राजनीतिक दलले समेत आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् । जसका कारण पार्टीका नेता तथा विभिन्न भातृ संगठन समेत आ–आफ्नो नेतृत्वलाई जिताउन लागिपरेका छन् ।

मेरै कार्यकालमा थुप्रै काम गरेको छु, जित्नेमा ढुक्क छु: पाण्डे

नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्धार दुर्गा पाण्डेयले भर्खरै आफुले नेतृत्व गरेको बाणिज्य संघले विभिन्न कार्यहरु गरेकोले सबै व्ययसायीले आफ्नो प्यानललाई नै मत दिने दाबी गरे । बाणिज्य संघको लागि ५०० जना अट्ने सभाहल निर्माण लगायतका काम आफ्नै कार्यकालमा भएकोले जित्ने विश्वास रहेको उपाध्यक्षका उम्मेद्धार दुर्गाचन्द्र बोहोराले बताए । जिल्लाका कृयाशिल व्यवसायीहरुको हितको पक्षमा आफुहरुले थुप्रै काम गरेकोले निर्वाचन जित्नेमा आफु विश्वस्त रहेको बोहोराले बताए ।

राजनितिक आस्थाबाट माथी उठेर ब्यवसायीलाई सहयोग गरेको छु: भलामी

नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेद्धारी दिएका भलामीले अहिलेसम्म व्यवसायीहरुका पक्षमा आफुले गरेको कार्यको मुल्यांकन व्यवसायीहरुले गरेकोले आफुले जित्ने कुरामा कुनै शंका नरहेको दाबी गरे ।

‘विभिन्न व्यवसायीहरुलाई विभिन्न समस्याहरुमा म र मेरो समुहले उल्यख्य मात्रामा सहयोग गरेको छ’, भलामीले भने, ‘व्यवसायीहरुले यसलाई राम्ररी मुल्यांकन गर्नुभएको छ, हाम्रै प्यानलको जित सुनिश्चि छ ।’ त्यसका साथै आफूले व्यवसायीहरुलाई राजनीतिक आस्थाभन्दा माथि उठेर समेत सहयोग गरेकोले आफ्नो प्यानलले नै निर्वाचन जित्ने दाबी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D