जिल्ला समाचार

बलात्कार मुद्धाको पुर्पक्ष रोकियो, अदालतद्धारा कोरोना परिक्षण गर्न आदेश

टोपलाल अर्याल
गुल्मी, ९ बैशाख । गुल्मी जिल्ला अदालतले हिरासतमा भएका व्यक्तिहरुको कोरोना परिक्षण गर्न आदेश दिएको छ । सोमबार बलात्कार मुद्धामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २० बर्षीय प्रेम बहादुर गुरुङ्ग पुर्पक्षको लागि कारागार जाने संभावना थियो ।

पुर्पक्ष पठाउन सक्ने आधार र प्रमाण भएर पनि अदालतले गुरुङ्गलाई नभएर जिल्ला प्रहरी कार्यालयललाई आदेश दिएको छ । जिल्ला अदालत गुल्मीले प्रहरीलाई गुरुङ्गसंगै हिरासतमा रहेका तीन जनाको सम्पूर्ण कोरोना परिक्षण गरेर पुष्टि भएपछि मात्रै अदालतमा उपस्थित गराउन आदेश दिएको हो । कर्तव्य ज्यान मुद्धामा प्रहरी हिरासतमा रहेका मदाने गाउँपालिका ४ का २२ बर्षीय अनिल कुवर विदेशबाट आएका हुन् । गुरुङ्ग र कुवंरको ¥यापिड टेस्ट मात्रै भएकाले सम्पूर्ण टेस्ट गराउन र त्यो बेलासम्म प्रहरीकै सुरक्षामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णशरण लामिछानेले बताए । उनले प्रतिवादीको कोरोना परिक्षणको पुष्टि गरेर मात्रै अभियोजन पत्र ग्रहण गर्न चैत ७ गते सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारबाट समेत निर्देशन भएको र कागागारको जोखिम बुझेर त्यस्तो आदेश गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा कर्तव्य ज्यान मुद्धाका रहेका अनिल कुवंर चैत ४ गते न्ढ ब्ष्च ब्चबदष्ब को प्लेनबाट यम बहादुर, सत्य प्रसाद अर्याल र काजु घम्बासंगै नेपाल आएका थिए । उनी बैशाख ५ गते प्रेमिका हत्या गरेको आरोपमा पक्राउ परेका छन् । अदालतले कर्तव्य ज्यान मुद्धामा रहेका इस्मा गाउँपालिका २ का अर्जुन कुमालको पनि कोराना परिक्षण गर्न आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार कृष्ण शरण लामिछानेले बताए । उनले कोरोना संक्रमण र सर्वोच्चको निर्देशन अनुसार सम्पूर्ण परिक्षण नगरिकन पर्वक्षमा पठाउन मनासिब नदेखिएको बताए । ‘कोरोनाको संक्रमणको पुष्टि नभएसम्म ७८ जना भएको कारागारमा अर्को व्यक्ति कसरी पठाउने,’उनले भने,‘सम्पूर्ण परिक्षण रिर्पोट आएपछि अरु प्रक्रिया अगाडी बढ्छ ।’

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker