गुल्मी, ९ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार बेलुका सदरमुकाम तम्घासमा मसाल जुलुस निकालेको छ ।
कार्यकर्ता रिहा गर्न, प्रतिबन्ध खारेज गर्न तथा मान्छे मार्न काम बन्द गर्न लगायतका नाराबाजी गर्दै बिप्लब नेतृत्वको नेकपाले मसाल जुलुस निकालेको खबर सल्लेरी खबरले खबर छपेको छ ।
पार्टीले भोली १० गते आह्वान गरेको बन्दलाई सफल बनाउन सोमबार मसाल जूलूस निकालेको उक्त पार्टीले जानकारी दिएको छ ।