gulminews logo
शनिबार, २०८१ बैशाख १५

बजेट विनियोजनसम्बन्धि गुल्मीका स्थानिय तहका पदाधिकारीलाई तालिम

हुमाकान्त पोखरेल
१३ जेठ, गुल्मी । जिल्ला समन्यव समिति गुल्मीले जिल्लाका सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा लेखापालहरुलाई क्षमता अभिवृद्धिसम्बन्धि तालिम प्रदान गरेको छ ।

बजेट विनियोजनको समयमा स्थानिय तहलाई सहज पुग्ने उदेश्यले गाउँपालिका÷नगरपालिकाका सम्बन्धित पदाधिकारीहरुलाई प्रशिक्षण दिएको हो । समितिले आइतबार धुर्कोट, मदाने, मालिका र इश्मा गाउँपालिकाका पदाधिकारीहरुलाई मालिका गाउँपालिका ८ सिमलटारीमा प्रशिक्षण दिएको छ ।

प्रत्येक स्थानिय तहलाई दुई÷दुई दिनको तालिम प्रदान गरिएको छ । स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक प्रमख शशिन्द्र खाती, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायतले प्रशिक्षण दिएको धुर्कोट गाउँपालिका प्रवक्ता कविता विकले जानकारी दिइन् । समन्वय समितिले रेसुङ्गा नगरपालिका र गुल्मीदरबार, छत्रकोट र रुरु गाउँपालिका, कालिगण्डगी र सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई भने यसभन्दा अगाडी नै क्षमता अभिबृद्धिसम्बन्धि तालिम प्रदान गरिएको छ ।

प्रशिक्षणमा योजना छनोटको तरिका, बजेट विनियोजन लगायतका विषयमा जानकारी गराइएको थियो । त्यस्तै बजेट विनियोजन गर्दा स्थानिय तहले आर्थिक, सामाजिक, संस्थागत विकास लगायत विकासका पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा प्रशिक्षणकर्ताले जोड दिएका थिए । समन्वय समितिले अब छिट्टै दोस्रो चरणमा एकिकृत सम्पत्ति करसम्बन्धि पनि तालिम दिन लागेको जनाएको छ । नेपालमै पहिलो पटक एकिकृत सम्पत्ति करसम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण दिन लागिएको समन्वय समिति प्रमुख लक्षमण पराजुलीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D