जिल्ला समाचार

बजेट खर्चिन सकेनन् गुल्मीका स्थानिय तह,कुल बजेटको ३० प्रतिशत बजेट फ्रिज हुदै

सन्तोष महतारा
गुल्मी असार २४ । गुल्मीमा अहिलेसम्म औसतमा पुजीँगत तर्फ ६९.७५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशत बजेट भुक्तान भएको छ ।

मालिका गाउँपालिकाले अहिलेसम्म चालु बजेटतर्फ ७० प्रतिशत बजेट भुक्तान गरिसकेको छ । भने पुजिगँत तर्फ ५५ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभएको छ । साथै पुजिगँत बजेट भुक्तानलाई ७० प्रतिशत पुराउने उहाँले जानकारी दिनुभएको छ । बाँकी बजेट आउँदो आर्थीक बर्षको निति तथा कार्यक्रममा जोडिने छ । भने चालु तर्फको बजेट भने फ्रिज हुने मालिका गाउँपालिका ले जानकारी दिएको छ ।

रेसुङ्गा नगरपालिकाले अहिलेसम्म पुजिगत तर्फ ८० प्रतिशत बजेट भुक्तान गरेको छ । भने चालुतर्फ ८५.१२ प्रतिशत बजेट भुक्तान गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले जानकारी दिनुभएको छ ।

मुसिकोट नगरपालिकाले भने असार १५ सम्म मात्रै बजेट भुक्तान गरेको तथ्या्रंक भएको जानकारी दिएको छ । असार १५ सम्म चालुतर्फ ८९ प्रतिशत बजेट भुक्तान गरेको नगरपालिकाले पुजिँगत तर्फ भने ७८ प्रतिशत भुक्तानी गरेको लेखा प्रमुख निरन्जन ज्ञवालीले जानकारी दिनुभएको छ
त्यस्तै सत्यवति गाउँपालिकाले भने पुजीँगत तर्फ ८० प्रनिशत बजेट भुक्तान गरेको छ । भने चालु बजेटतर्फमा ९० प्रतिशत बजेट भुक्तान गरिसकेको गाउँपालिका लेखाप्रमुख युवराज सलामीले जानकारी दिनुभएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ ६५ प्रतिशत बजेट भुक्तान गरेको छ । भने चालुतर्फको बजेटमा ८०.८८ प्रतिशत बजेट भुक्तान गरिसकेको गाउँपालिका लेखा प्रमुख बाबुराम भुषलले जानकारी दिनुभएको छ ।

मदाने गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ जेठमसान्तसम्म ८३ प्रतिशत र चालुतर्फ ८८ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख बसन्त भट्टाईले जानकारी दिनुभयो । गाउँपालिकाले असारमा कति बजेट भुक्तान गर्यो भन्ने एकिङ्ग तथ्यांक छैन

धुर्कोट गाउँपालिकाले अहिलेसम्म पुजिँगत र चालु दुवैतर्फ बराबर ७० प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख शिव हरि खनालले जानकारी दिनुभएकोृ छ । त्यस्तै छत्रकोट गाउँपालिकाले गएको जेठ १६ सम्म चालुतर्फ ७६ प्रतिशत र पुजिँगत तर्फ ६५ प्रतिशत बजेट भुक्तान गरेको छ । त्यसपछि को तथ्यांक भने एकिङ्ग नभएको गाउँपालिका लेखा प्रमुख प्रेमलाल भण्डारीले जानकारी दिनुभएको छ ।

गुल्मीदरवार गाउँपालिकाले जेठ मसान्तसम्म ६० प्रतिशत पुजिँगत र ७८ प्रतिशत चालुतर्फ भुक्तान गरेको गाउँपालिका लेखा शाखा प्रमुख कृतिप्रसाद अधिकारी ले जानकारी दिनुभएको छ । त्यस्तै पुजिँगततर्फ मात्रै ६० प्रतिशत बजेट भुक्तान दिइसकेको रुरु गाउँपालिकाले चालु तर्फ अहिलेसम्म ७९ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा शाखा प्रमुख हरि कडेँलले जानकारी दिनृुभएको छ ।

कालीगण्डकी गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ ८७।३५ प्रतिशत र चालुतर्फ ८२।५८ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालकिा लेखा शाखा प्रमुख हरि बहादुर थापाले बताउनुभएको छ । साथै अहिलेसम्म इस्मा गाउँपालिकाले पुजिँगततर्फ मात्रै ५४ प्रतिशत बजेट भुक्तान गरेको छ भने चालुतर्फ ८०.३६ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख मनोज भण्डारीले जानकारी दिनुभयो ।
स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारी ले एक रुपैँया पनि फ्रिज नहोस् भन्ने चाहान्छन् । भुक्तानि दिन भने चालुतर्फको एकदिन मात्रै बाँकी छ तर अझै कुल बजेटको २० प्रतिशत बजेट भुक्तान गर्ने बाँकी रहेको स्थानिय तहको तथ्यांकमा उल्लेख छ । त्यस्तै पुजिँगत भने भुक्तान दिन मिल्ने समय अब एक हप्ता छ । तर कुल बजेटको ३० प्रतिशत भुक्तान गर्नेै काँकी रहेको तथ्यांकमा उल्लेख छ ।

यसो त बाँकी दिनमा कति भुक्तान दिन सक्छन् भन्ने कुनै आधार छैन । तर चालुतर्फको भने धेरै बजेट फ्रिज हुने देखिन्छ । भने पुजिँगत तर्फको भने रहेको ३० प्रतिशत आउँदो आर्थीक बर्षको निति तथा कार्यक्रममा समेटिने छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D