फोटो फिचरमुख्य हेडलाईन

फोटोहरु: गुल्मीको सत्यवतीमा पहिरोले यसरी तहस नहस बनायो…….

गुल्मी, साउन ७ । सोमबार साझ देखि परेको अबिरल बर्षाका कारण गुल्मीमा भिषण पहिरो गएको छ । गुल्मीको सत्यवती गाउपालीकामा भिषण पहिरोबाट १० जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुस्: अप्डेट: गुल्मीमा पहिरोमा परी १० जनाको मृत्यु (नामावली सहित)

गाउँपालीकाको वडा नम्बर ३ मा राति घरमा भल पसी स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीय तिलकुमारी तरामू , उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्: गोठमा भैंसी दुहुँदै गरेकी १७ बर्षिया सितालाई पहिरोले पुर्‍यो

यस्तै उनकी ९ र १३ बर्षीया छोरी करिष्मा र धनी तरामु घाइते भएको भएका छन् । घाइते उनिहरुको उपचारको लागि डक्टरको टोली घटनास्थलमा पुगेर उपचार गरिरहेको छ ।

यस्तै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ३ घर बगाउदा ८ जनाको शब फेला परेको वडा कार्यलयकाका कर्मचारी सुनिल ज्ञवालीले जानकारी दिनुभयो ।

हेरौँ सामाजिक सन्जालमा भेटिएका आजका घटनास्थलका केही तस्बिरहरु:

केही तस्बिरहरु भने अत्यन्तै बिक्षिप्त भएकाले राखिएका छैनन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D