जिल्ला समाचार

फोक्सिङको जातीय छुवाछुत मुद्धा प्रहरीमा दर्ता

टोपलाल अर्याल
गुल्मी, ६ चैत। जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा भएको जातिय छुवाछुतको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । पीडित परिवारले जिल्लाका दलित संघ–संस्थाको उपस्थितीमा सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

मंगलबार मुद्धा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए । आरोपित भने गिरफ्तार भएका छैनन् । गत बैशाख २२ गते मलामी गएर फर्किएका २७ बर्षीय श्याम बहादुर परियार ठूलो पानीको कारण ओत लाग्न स्थानीय ४३ बर्षीय नेत्र काउछाको घरमा पसेका थिए ।

घरधनी काउछा सहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउन भन्दै १५ सय जरिवाना गरेपछि जिल्लामा तरङ फैलिएको छ । कानुन अनुसार जरिवाना गर्ने, कुटपीटको प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन विपरित र गम्भीर मानव अधिकार उल्ङघनको घटना भएको भन्दै दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, परियार समाज, इन्सेक र मानव अधिकार तथा सामाजिक रुपान्तरण लगायतका दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि त्यो क्षेत्रमा जातिय छुवाछुतका घटना भइरहेकाले अब सम्झौता गर्न नसकिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D