जिल्ला समाचार

फलोअप: रिडिमा गाई पालेकै कारण रोकियो बृद्धभत्ता, स्थानीय सरकारसँग छैन कुनै ठोस योजना

हुमाकान्त पोखरेल
गुल्मी, भदौ २ । टिकादेवी न्यौपाने अहिले ६८ बर्षकी भईन् । उनी एकल महिला हुन् । उनले विगत १८ बर्षदेखि आफ्नै घरमा पाचँ-छ वटा गाई पाल्दै आएकी छन् । सुन्दा अचम्म लाग्न सक्छ, गाई पाल्दा बृद्धभत्ता रोकियो भनेर । तर टिकादेवीले रिडिका बेवारिसे गाई घरमा ल्याएर पाल्दा राज्यबाट पाउने बृद्धभत्ता समेत गुमाउनुपरेको छ । गाईले गाउँमा नै फोहोर गराउन थालेको भन्दै स्थानीयले गाई पाल्न छोड्न दबाब दिदैँ वडा कार्यालयमा समेत मुद्धा दर्ता गराएका छन् ।

यो पनि पढ्नुस्: रिडीमा गाई आतङ्क: झन्डै २ सय गाईले बेच्न राखेको सामान खाईदिन्छन्, पकाएर राखेको खाना पनि बाँकी रहन दिन्नन्

‘दुईपटक गए, वडाध्यक्षले नदिन भन्नुभएको रहेछ ।’ बृद्धभत्ता लिन वडाकार्यालय पुगेकी न्यौपानेले भनिन्, ‘रित्तो हात फर्किए ।’ उनले २०७५ कार्तिक भन्दा यताको बृद्धभत्ता नलिएको बताइन् । यससम्बन्धमा वडाध्यक्ष रामलाल विकले पटक–पटकका बैठकमा टिकादेवी नआएकोले बृद्धभत्ता रोकिएको बताए । उनका छिमेकी, वडाका जनप्रतिनिधि, पशु अधिकारकर्मी, बाणिज्य संघ लगायतको रोहवरमा राज्यबाट पाउने सेवा–सुविाधा रोकिएको बताए ।

गाई व्यवस्थापनको स्थानीय सरकारसँग छैन कुनै योजना
रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले रिडी लगायतका स्थानका व्यवहारिसे गाईको व्यवस्थापनका सम्बन्धमा गाउँपालिकाको कुनै योजना नभएको बताए । गाईहरुलाई गौशाला बनाई व्यवस्थापन गर्नुपर्ने भएपनि त्यसको लागि धेरै बजेट चाहिने भएकोले समस्या परेको बताए ।

‘गाईको समस्याको समाधान भनेको गौशाला बनाई व्यवस्थापन गर्नु हो, तर त्यसका लागि आवश्यक कर्मचारी, दानापानी सबै मिलाउनुपर्छ ।’ गिरीले भने, ‘धेरै बजेट लाग्ने भएकोले त्यससम्बन्धी कुनै योजना बनाएका छैनौ ।’ तर गाईहरुले गर्दा पर्ने समस्याबारे सम्बन्धित व्यवसायीलाई भने सचेत बनाएको उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D