कोरोनाजिल्ला समाचार

प्रेस संगठन गुल्मीद्धारा सञ्चारकर्मीलाई राहत वितरण

गुल्मी, बैशाख ७ । पे्रस संगठन नेपाल गुल्मी शाखाले सञ्चारकर्मीहरुलाई राहतका लागि संगठनले पहल गर्ने लगायतको विषयमा शनिबार विज्ञप्ती निकालेको केहि बेरमै १२ जना सञ्चारकर्मीहरुलाई अत्याबश्यक खाद्य सामग्री वितरण गरेको छ । जिल्लाका विभिन्न संचार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुलाई समस्यामा परेको गुनासो आए पछि १२ जना सञ्चारकर्मीहरुलाई प्रेस संगठन नेपाल गुल्मी शाखाले चामल, दाल, तेल, नुन जस्ता अत्याबश्यक खाद्य सामग्री वितरण गरेको हो ।

उक्त सामग्री प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रेम सुनारले लगाहस्तान्तरण गरेका थिए ।
नियमित र श्रम अनुसारको पारिश्रमिक नपाउँदा सदरमुकाममा कोठा भाडा गरेर बसेका सञ्चारकर्मीहरुलाई अत्याबश्क राहत उपलब्ध गराएको बताउँदै अझै कोहि समस्यामा परेको भए संगठनले पहल गर्ने प्रेस संगठनका केन्दिय सदस्य प्रेम सुनारले जानकारी दिए । सो संगठनका सबै पदाधिकारी र सदस्यहरु विभिन्न निकायहरुसंग समन्व्य गर्दै लकडाउन अवधीभर मानविय उद्धारमा जुटेका छन् । शनिबार संगठनले प्रेस बिज्ञप्ती जारी गर्दै संचारगृहको बिद्युत महसुल छुट गर्ने, संचारकर्मीको भाडा छुट, बिपन्न, असाहय र अलपत्र मजदुरको उद्धार र राहतको काममा सहयोग, समन्वय र सहकार्य गर्ने जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D