जिल्ला समाचार

प्रेस युनियन गुल्मीको अध्यक्षमा कुँवर निर्वाचित

अनिल खत्री
२६ भदौ, गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर निर्वाचित भएका छन् । युनियनको मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न ७ औं जिल्ला अधिवेशले कुँवरको अध्यक्षतामा ११ सदश्यीयनयाँकार्य समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हेमलाल भण्डारी, सचिवमा रमेश विक, कोषाध्यक्षमा तेजेन्द्र कुमार श्रेष्ठ, सह सचिव (महिला)कमला पहराइ रहेका छन् । समितिको अन्य सदश्यहरुमाअनिश गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना निर्वाचित भएका छन् ।

प्रदेश पार्षदमा प्रकाश घिमिरे, विष्णु प्रसादआचार्य, सुमन्तमहतरा, मोहन वस्नेत, भुवन भुसाल, रमेश रसाईली, गंगा भण्डारी र कविता गैरे रहेका छन् । त्यसैगरि केन्द्रिय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, ताराप्रसाद भुसाल, कौरव खत्री, कालीदास खरेल र श्रृङ्खला वौद्याचार्य रहेका छन् ।

अधिवेशनको अबसरमा नेपालप्रेस युनियन गुल्मीले पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशिल पत्रकारीता पुरस्कार २०७५ वाट पुरस्कृत गरेको छ । अधिवेशनको अवशरमा घिमिरेसँगै मापद मपाणी स्मृतिपत्रकारीता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतनापत्रकारीता पुरस्कार पत्रकार हेम भण्डारीलाई प्रदानगरिएको थियो ।

कार्यक्रममा साहित्यीक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मानगरिएको थियो । सोहीअवशरमा प्रेस युनियनका पुर्व अध्यक्षहरु रेशमकुँवर, महेन्द्र भण्डारी, शालीकपन्थी र जितेन्द्र थापालाई समेत सम्मानगरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D