जिल्ला समाचार

प्रेमनाथ अर्याल स्मृति कोषको सहयोगमा सम्मान तथा पुरस्कार वितरण

टोपलाल अर्याल
गुल्मी, १६ असार । इस्माली समाजको आयोजनामा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम इस्मा गाउँपालिका ४ को रामराज्य माविमा सम्पन्न भएको छ । प्रेमनाथ अर्याल स्मृति कोषको सहयोगमा संचालन भएको इस्मा गाउँपालिकाका माबि स्तरिय निबन्ध प्रतियोगिता र २०७४ सालको एसइई परीक्षामा सर्वोउत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।

निबन्धमा रामराज्य माविकी सुश्मा प्रथम

इस्माली समाज काठमाण्डौले संचालन गरेको ‘इस्मा गाउँपालिका अध्यक्ष पदमा मेरो उमेद्वारी’ बिषयक गाउँपालिका स्तरिय निबन्ध प्रतियोगितामा रामराज्य माबिकी सुश्मा बिक प्रथम भएकी छन् । भने आनन्दपुर माबिका नवराज पौडेल र अम्मरपुर ओम प्रसाद गौतम माबिका बिस्नु सापकोटा द्धतिय भएका छन् । त्यस्तै राम राज्य माविकी आलिसा अर्याल तृतिय भएको समाजका सदस्य अर्जुनध्वज अर्यालले बताए ।उनीहरुलाई नगद र प्रमाणपत्रद्वारा गाउँपालिका अध्यक्ष लक्षमण बिष्टले सम्मान तथा पुरस्कृत गरेका थिए । गत असार ६ गते प्रतियोगीता सम्पन्न भएको थियो ।

एसइईमा रामराज्यका अविशेक सर्वोउत्कृष्ट

२०७४ सालको एसइई परिक्षामा गाउँपालिकाको तर्फबाट ३.५ जिपिए ल्याएर रामराज्य माविका अविशेक जिसी सर्वोउत्कृष्ट भएका छन् । उनलाई कोषको तर्फबाट नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्तै गाउँपालिकाका ६ वटा मावीबाट आफ्नो बिद्यालयमा उत्कृष्ट हुने सबै विद्यार्थीलाई पनि कोषको तर्फबाट पुरस्कृत गरिएको छ । गाउँपालिकाबाट सर्बोउत्कृष्ट हुनेलाई नगद दुई हजार र बिधालयमा उत्कृष्ट हुनेलाई १५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।

आफुलाई अध्ययन गराउने गुरुहरुलाई सम्मान

प्रेमनाथ अर्याल स्मृति कोषका संस्थापक डाक्टर मुक्ति अर्यालले आफुलाई रामराज्य माविमा अध्ययन गराउने गुरुहरुलाई सम्मान गरेका छन् । रामराज्य माविबाट अवकास भएका डण्डपानी अर्याल, शेर बहादुर बिष्ट, जीत बहादुर थापा र अध्यापनरत बलराम अर्याल र राम बहादुर बिष्टलाई सम्मान गरिएको रामराज्य माविका प्रध्यानाध्यापक गुणाखर अर्यालले बताए । डाक्टर अर्यालले रामराज्य माबिमा २०३७ सालदेखी ०४२ सालसम्म अध्ययन गरेका थिऐ ।

सहयोग मातृभुमी प्रतिको माया हो ः डाक्टर अर्याल

कोषका संस्थापक डाक्टर अर्यालले दिवङत बुवा प्रेमनाथ अर्यालको सम्झनामा स्थापना गरेको कोष मार्फत इस्माको शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो शरीर अमेरिका भएपनि आत्मा गाउँ र समाज प्रतिनै सदैव रहने भएकाले सबैको सहयोग र उर्जाका कारण सानो सानो सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा अझै रचनात्मक काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

समाजलाई मुक्ति जस्ता मान्छेको खाँचो छ ः गाउँपालिका प्रमुख बिष्ट

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिदेशीमा रहेर डाक्टर अर्यालले मातृभुमी प्रती देखाएको सद्भावको प्रंससा गरे । उनले गाउँपालिकाको बिकास र समृद्धिका लागि अर्याल जस्ता विद्वानहरुको सुझाव सल्लाह र सहयोगको आशा ब्यक्त गरे । इस्माली समाजका प्रतिनिधि अर्जुनथ्वज अर्यालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्टको प्रमुख आतिथ्यता, शिक्षक माधब अर्यालको स्वागत तथा रामराज्य माबिका प्रध्यानाद्यापक गुणाखर अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सबै वडाका वडाअध्यक्षहरु, स्रोत ब्यक्ति लाल बहादुर कुवर, बिधालय ब्यावस्थापन समितिका पदाधिकारी, गाउँपालिकाका सबै बिधालयका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रममा डाक्टर मुक्ति अर्याललाई विद्यार्थी माधव अर्यालले नमूना हलो जुवा प्रदान गरेका छन् । अर्यालले त्यो हलोलाई अमेरिका लगेका छन् ।

मनकारी मुक्तिः जसले मातृभुमी बिर्सेनन

डाक्टर मुक्ती अर्याल गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौर सिम्पानीमा जन्मिएर अमेरिकामा बस्छन् । सरल जीवनशैली भएका उनी स्वर्गिय प्रेमनाथ अर्यालका छोरा हुन् । अमेरिका बस्न थालेका पनि थुप्रै भयो । तर अर्याललाई मातृभुमी प्रतिको चिन्ता सदैव छ । उनले बुवाको निधनपछि प्रेमनाथ स्मृति कोष स्थापना गरेर बर्षौदेखि इस्माको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

उनले कोष मार्फत तत्कालिन इस्मा दोहली, दर्लामचौर र रजस्थलका तीन माविबाट एसएलसी परिक्षामा सर्वोउत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत गर्दै आएका थिए । अहिले क्षेत्र बढाएर इस्मा गाउँपालिकाका सवै माविमा सर्वोउत्कृष्ट हुने बिद्यार्थीले पुरस्कार पाउने गरेका छन् । भने विभिन्न शैक्षिक प्रतियोगीताहरु पनि गर्दै आइरहेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker