gulminews logo
बुधबार, २०८१ बैशाख ५

प्राधिकरणका महानिर्देशकद्वारा रेसुङ्गा विमानस्थल निरीक्षण, यही हप्ता पाइलटहरु र प्राबिधिक टोली पठाइने

गुल्मी, ३१ वैशाख । गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङगा विमानस्थलको सोमबार स्थलगत निरीक्षण भएको छ ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षण पश्चात गौतमले गुल्मीको सिमीचौरमा बिमानस्थलका बारेमा केन्द्रमा समेत कुराहरु आउन थालेको र दशकौ बित्दा समेत सञ्चालनमा आउन नसकेकाले वास्तबिक स्थलगत अध्ययनका लागि आएको बताए ।
resunga airport news
स्थलगत निरीक्षण पश्चात आउने शुक्रबारसम्ममा पाइलटहरुसहित प्राबिधिक टोली पठाइने र सो टोलीको प्रतिबेदनका आधारमा कार्य अगाडि बढ्ने गौतमले बताए ।

स्थलगत निरीक्षण टोलीमा सिभिल इन्जिनियरिङ बिभागका निर्देशक धुब्रदास भोचीभैया र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माको टोली रहेको साइड सब इन्जिनियर दिनेश परियारले जानकारी दिए ।

परियारका अनुसार विमानस्थल जति सक्दो छिटो संचालन हुने गरी कार्य अगाडि बढाइएको छ । महानिर्देशक गौतमसहितको टोलीलाई निमाणर्ाधीन बिमानस्थलमा उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्त, रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले स्वागत गरेका थिए ।

महानिर्देशकसहितको टोललिलाई स्वागत गर्दे नगरका प्रमुख डिल्लीराज भुसालले जेठ महिनाको सुरुवातमै परीक्षण उडान सुरु गर्नका लागि आग्रह गरे ।

भुसालले बजेट अभाब हुन नदिने भन्दै दशकौ अगाडिदेखिको गुल्मेलीहरुको जहाज चडने सपनालाई अब पूरा गर्नुपर्ने बताए ।

उनले नगरले विमानस्थल निर्माणका लागि १० लाख बिनियोजन गरेकाले बजेटको अभाब हुन नदिने तर विमानस्थल संचालनमा आउनु पर्ने बताए ।

गुल्मीबाट बिमानस्थल सञ्चालनका लागि यात्रुहरुको अभाबहुने प्रसङग चलिरहेका बेला रेसुङगा नगरपालिका वडा नं १० का अध्यक्ष पदम अर्यालले यात्रुको अभाब नहुने बताउदै पहिलेनै टिकट बुकिङ गर्नुपर्ने अबस्था सृजना हुने दाबी गरे । उनले छिट्टै परिक्षण उडान गर्न आग्रह समेत गरे ।

विमानस्थल निर्माण लागि हालसम्म झण्डै १२ करोड रुपैयाँ खर्च भईसकेको समितिले जनाएको छ ।
६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा रहेको छ ।

विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ ।

४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको अध्यक्ष पन्तले बताए । यसअघि मुआब्जामा विवाद हुँदा निर्माण प्रभावित भएको उनको भनाइ छ ।

विमानस्थल सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गुल्मीमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आइरहेका जनक पन्थले बताए । उनले जति सक्दो छिटो सञ्चालनमा ल्याएर गुल्मी जिल्लाको ऐतिहासिक धार्कि तथा पर्यटकिय क्षेत्रमा धेरै पर्यटकहरु भित्रिने बताए ।

०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको छैन् ।-अन्लाईनखबर डट कम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D