जिल्ला समाचार

प्रहरीद्धारा विद्यार्थीलाई सचेतना कार्यक्रम सदरमुकाम तम्घासमा

गुल्मी, माघ २८ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न विद्यालयहरुमा प्रहरी स्कुल सम्पर्क कार्यक्रमलाई निरन्तर्ता दिएको छ । सोहीअनुसार आज रेसुङ्गा नगरपालिका १ मा रहेको गण्डकी बोडिङ्ग स्कुलमा पनि विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम गरिएको बताईएको छ ।

सो विद्यालयमा रहेका कक्षा ९ र १० का करिब ४५ जना विद्यार्थीहरलाई साइबर अपराध,महिला हिंसा,बालहिंसा,ट्राफिक नियम,सवारी दुर्घटना तथा सचेतनाका उपायका विषयमा प्रशिक्षण दिइएको हो । विभिन्न समुदाय तथा सम्बन्धित पक्षहरुलाई सचेतना प्रदान गरेसँगै अहिले गुल्मी जिल्लामा पनि साइबर अपराधका घटना उजुरीमा आउन थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक राम प्रकाश धवलले बताउनुभएको छ ।

उहाँले भन्नुभयो‘शुरुमा त अर्वानेशको अभावका कारण भन्न नसक्ने अवस्था थियो । अहिले सचेता प्रदान गरेसँगै उजुरी लिएर प्रहरी समक्ष आउने गरेका छन्’ त्यसमध्ये पनि २० देखि २५ वर्ष उमेर समुहमा यस्तो समस्या देखिने गरेको उहाँको भनाई छ । भने जिल्लामा बालहिंसाको अवस्था पनि भयावहका रुपमा रहेको धावलले बताउनुभएको छ ।

बिशेष गरी अभिभावकै लाप्रर्वाहीका कारण यस्तो समस्या बढेको उहाँको भनाई छ । अभिभावक नै घरमा झैझगडा गर्ने जस्ता कारणहरुले बालबालिकाहरुमा मानसिक असर पर्न गएकोले बालहिंसाका घटनाहरु पनि बढेको उहाँको भनाई छ । जिल्लाा बालश्रमिहरु पनि प्रयोग भईरहेको पाइकाले योत झन कानुन विपरित भएको भन्दै यस्को निरुत्साहीतका लागि प्रहरी साझोरी कार्यक्रमले सचेतना फैलाउने उहाँले बताउनुभयो ।

महिलाहिंसाको अवस्था पनि उस्तै रहेको उहाँको भनाई छ । यस्तै जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वीनारायण काफ्लेले चालक,पैदलयात्री र यात्रुका कारण पनि ७० प्रतिशत दुर्घटना हुने गरेको बताउनुभएको छ । प्रशिक्षणका क्रममा काफ्लेले ट्रार्फिक नियम जान्न,मान्न र आफ्ना छरछिमेक आफन्तहरुलाई पनि बुझाउन अनुरोध गर्नुभयो ।

पछिल्लो समय गुल्मीमा पनि दुर्घटना बढ्दै गएको देखिएकाले सचेतना कार्यक्रमले केही भएपनि सचेत बनाउने अपेक्षा लिएको उहाँको भनाई छ । ट्रार्फिक नियमका विषयमा समय–समयमा यात्रु,चालक,पैदलयात्रु विभिन्न निकायहरुसँग छलफल गरी यसलाई न्युनिकरण तर्फ बिशेष ध्यान पु¥र्याएको काफ्लेले बताउनुभएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D