मुख्य हेडलाईन

प्रदेश ५ मा सांसदहरुले सपथ लिए, दुई जना अनुपस्थित

बुटवल, ७ माघ । आईतवार प्रदेश नम्वर ५ का प्रदेश सांसदहरुले वुटवलमा सपथ ग्रहण लिएका छन ।

प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मालाई सपथ ग्रहण गराए लगत्तै प्रदेशसभा सदस्यहरूलाई बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ ग्रहण गराएका थिए ।
pradesh no 5 butwal
प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ प्रदेश सभा सदस्य रहेका छन्। सपथमा २ सांसद अनुपस्थित भएका थिए । उनीहरु कार्यक्रम सकिएर परिचय गर्नेबेलासम्म पनि आएका थिएनन् ।

सरकारले अस्थायी राजधानीको मुकाम तोकेको बुटवलको उद्योग बाणिज्य संघको भवनमा प्रदेशका सांसदहरुले सपथ ग्रहण गरेका हुन ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र पाँच नम्बर प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी ब्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एमाले नेता बिष्णु पौडेल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलगायतको उपस्थित रहेको थियो । ५ नम्वर प्रदेश संगै आइतबार सातै प्रदेशका प्रदेश सभा सदस्यले सपथ लिएका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D