gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

प्रतिष्ठान गुल्मीद्धारा सामाजिक अभियान्तलाई सम्मान

अनिल खत्री
३० चैत, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सामाजिक अभियान्तलाई सम्मान गरेको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार सामाजिक अभियान्त शान्त शर्मालाई सम्मान गरेको हो ।

शर्मालाई प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्री, निर्वतमान अध्यक्ष जनक पन्थ लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । दोस्रो लहरको कोरोना महामारीको समयमा गुल्मी जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सटेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।

बोधिसत्य बिहार काठमाडौंले जिल्लामा सामाजिक अभियान्त तथा गायक तिलक बस्नेको पहल र प्रतिष्ठानको सहकार्यमा करिव १ करोड बाराबरको स्वास्थ्य सामाग्रहरु सहयोग गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले कोरोना महामारीमा बोधिसत्य बिहार काठमाडौं र शान्त शर्माले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।

उनले आगामी दिनहरुमा पनि जिल्लाको निम्ति सहयोग गर्न आग्रह गरे । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बोधिसत्व बिहारले कोरोना महामारीमा गरेको महान कार्य जिल्लावासीले कहिल्यै भुल्न नसक्ने बताए ।

उनले जिल्लाको कुनैपनि विपदमा आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सम्मानित बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार शर्माले कोरोना महामारीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले खेलेको भूमिकाको उच्च मुल्याङकन गरे ।

उनले जसरी बोधिसत्व बिहारले निस्वार्थ भावले सामाजिक कार्य गरेको थियो त्यसरी नै प्रतिष्ठान गुल्मीले पनि भूमिका खेलेको बताए ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D