जिल्ला समाचार

पुर्व सांसदको निधनप्रति नेकपा गुल्मी र मन्त्रीबाट दुख व्यक्त

इस्मा गाउँपालिकाद्धारा शोक प्रस्ताव पारित

टोपलाल अर्याल
गुल्मी, २९ चैत्र । नेपाली कांग्रेसका नेता लोकतान्त्रिक आन्दोलनका अग्रणी राजनीतिज्ञ एवं पूर्व सांसद रुद्रमणि भण्डारीको निधनमा नेकपा गुल्मी र गुल्मीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मन्त्रीद्धय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले दुःख प्रकट गरेका छन ।

गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जीप दुर्घटना हुँदा बिहीबार बिहान भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारीको ७१ बर्षको उमेरमा निधन भएको छ । भण्डारी बिस २०४८ सालमा गुल्मी क्षेत्र नं ३ बाट कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । भण्डारीको निधनमा नेकपा गुल्मीले शोक विज्ञप्ति जारी गरेका थिए ।

नेकपाका नेताद्धय बुद्धि जिसी र बालसिंह काउचाले संयुक्त रूपमा शोक विज्ञप्ति जारी गर्दै भण्डारी जनताको प्रिय नेता भएको उल्लेख गरेका छन । उनीहरूले भण्डारीको निधनले लोकतान्त्रिक आन्दोलनमा उपुरणीय क्षति पुगेको जनाएका छन । दुर्घटनामा मृत्यु भएका ओस्कर विक र कौशिला थापा प्रति पनि नेकपा गुल्मीले श्रद्धाञ्जली अर्पण गरेको छ । भने घाईते सवैको स्वास्थ्य लाभको कामना गरिएको छ । त्यस्तै मन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीले भण्डारी अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित रहेको र उहाँसँगका सहकार्यका पलहरू झलझली संझिरहेको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका नेकपा नेता गोकर्ण विष्टले असल इमान्दार र क्रियाशील समाजसेवी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी राजनीतिज्ञको रूपमा भण्डारीको सम्झना गरेका छन । मन्त्री विष्टले भण्डारीको निधनले सामाजिक राजनीतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै भण्डारीप्रति श्रद्धान्जली अर्पण र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन ।

यसैबिच इस्मा गाउँपालिकाले पनि शोक व्यक्त गरेको छ । बिहिबार बसेको गाउँसभा बैठकमा भण्डारीको निधन प्रति दुख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । पूर्व जनप्रतिनिधी तथा कांग्रेस नेता रुद्रमणी भण्डारीको निधनले सामाजिक तथा राजनैतिक क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै प्रेस बिज्ञप्ती मार्फत दुख व्यक्त गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D