कोरोनाजिल्ला समाचार

पुर्व मन्त्री बिष्टले पठाएका स्वास्थ्य सामग्री क्वारेन्टाइनमा वितरण

टोपलाल अर्याल
गुल्मी, २८ जेठ। पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले पठाएका सवै स्वास्थ्य सामग्री इस्मा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्ति र व्यावस्थापनमा खटिएका शिक्षक, सुरक्षाकर्मीहरुलाई प्रदान गरेको छ । बिष्टले दोस्रो पटक जिल्लाका १२ स्थानीय तह, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई बिष्टले ११ हजार पाँच सय पिस कटन माक्स, एम डब्लु माक्स पाँच हजार पिस, पन्जा पाँच हजार जोडी, के एन नाइन्टी फाइभ माक्स एक सय ५० पिस, थर्मन गन ७२ पिस, पिपिइ ३५ सेट, सेनिटाइजर पाँच सय मिलिलिटर १४ पिस, सेनीटाइजर स्टायाण्ड १६ पिस पठाएका थिए ।

इस्मा गाउँपालिकाले आफुलाई प्राप्त सामग्री क्वारेन्टाइनमा रहेका र व्यावस्थापनमा खटिएका शिक्षक तथा सुरक्षाकर्मीलाई वितरण गरेको हो । इस्मा गाउँपालिकामा अहिले पाँच सय ५७ जना नागरिक वडाका बिद्यालयहरुमा व्यावस्थापन गरिएको छ ।

अहिले आरडिटी परिक्षण गरेर नेगेटिभ आएकाहरुलाई होमक्वारेन्टाइनमा पठाउने काम थालिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । मंगलबारसम्म इस्मा गाउँपालिकामा दुई सय ७१ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमा ४१ जनाको आरडिटी पोजेटिभ र दुई सय ३० जनाको नेगेटिभ आएको स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए । गाउँपालिकाले अहिले क्वारेन्टाइनको सुरक्षा र समन्वयकोे लागि बिद्यालयमा शिक्षकहरुलाई खटाएको छ ।

बिद्यालयहरुमा क्वारेन्टाइन भएका सम्बन्धित बिद्यालयमा शिक्षकलाई पालैपाले क्वारेन्टाइनको काम तोकिएको र आफुले सम्पादन गरेको कामको प्रतिवेदन दैनिक गाउँपालिकामा बुझाउनुपर्ने व्यावस्था गरिएको शिक्षा शाखा प्रमुख लाल बहादुर कुवरले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker