जिल्ला समाचार

पार्टी एकता बैशाख १० मा: मन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
१६ चैत, गुल्मी ।नेता ज्ञवालीले नेकपा एमाले र नेकपा माओवादी केन्दबिच हुन लागेको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदलले पार्टी एकताको खाकालाई अन्तिम रुप दिएको र ढिलोमा बैशाख १० गतेसम्म पार्टी एकता हुने समेत उनले दाबी गरे ।

गृहजिल्ला गुल्मीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले सो कुरा बताएका हुन् । तर पार्टी एकता गर्दा ५०÷५० प्रतिशत लगायतका भागवण्डाले कुनै असर गर्ने समेत उनले बताए । पार्टी एकता गर्दा भागभण्डा भन्दापनि कार्यदक्षताका आधारमा गरिने उनको भनाई छ ।

भष्ट्राचार निर्मुल पारिने
अर्को प्रसगंमा उनले नेपाल भष्ट्राचारले गर्दा नै पछाडि परेकोले अब त्यसको समेत अन्त्य गरिने बताएका छन् । ‘भष्ट्राचार स्थानिय स्तरदेखि केन्द्रसम्मको समस्या हो ।’ उनले भने, ‘यसलाई जरैदेखि निर्मुल पार्नु जरुरी छ ।’ यसका लागि सरकार दृढ रुपमा लागेको भन्नै अब भष्ट्राचारमुक्त नेपालको निर्माण हुने समेत उनले बताए ।

भष्ट्राचार न्युनिकरण गरेमा मात्र मुलुकको आर्थिक अवस्था सुदृढ हुने भन्दै उनले यसका लागि सरकारले विशेष पहल गरेको उनको भनाई छ । त्यसका साथै सरकार देशका कुनै पनि नागरिकले पछाडी परको महसुस नहुने गरी काम गर्ने समेत पतिबद्धता ब्यक्त गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D