जिल्ला समाचार

पार्टीमा योगदान पुर्याउने ६ जनालाई गुल्मी कांग्रेसले सम्मान गर्‍यो, को हुन् ति ६ जना?

हुमाकान्त पोखरेल
गुल्मी, १६ चैत्र । नेपाली काङ्ग्रेस गुल्मीले पार्टीलाई योगदान पु¥र्याउने विभिन्न ६ जनालाई सम्मान गरेको छ । आन्दोलनमा परि शहिद भएका, पार्टी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने लगायतका व्यक्तिहरुलाई काङ्ग्रेसले सम्मान गरेको हो ।

शहिद शमशेर बहादुर खत्रीका सुपुत्र धुर्कोट गाउँपालिका ६ निवासी गोपाल बहादुर खत्री र सुपुत्री इस्मा गाउँपालिका निवासी मनमाया महतलाई सम्मान पत्रले सम्मान गरिएको छ । शहिद शमशेर बहादुरले २०१७ सालको पञ्चायतविरुद्धको आन्दोलन गर्दा उनको टाउको काटी हत्या गरिएको थियो ।

बुबाको कामको कदर गर्दै अहिले छोराछोरीलाई सम्मान गरिएको काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य गोपाल प्रसाद पाण्डेयले जानकारी दिए । उनै शहिद खत्रीको टाउको बोकेर तम्घाससम्म ल्याउने स्वर्गिय दल बहादुर महतकी पत्नी गणेश कुमारी महतलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ ।

गुल्मी जिल्लामै सबैभन्दा पहिले पार्टी सदस्यता लिने रेसुङ्गा नगरपालिकाका ८७ बर्षिया मथुरा प्रसाद श्रेष्ठ, काङ्ग्रेस मुसिकोट नगरपालिकाको भवन निर्माणको लागि ७ आना जग्गा प्रदान गर्ने हरिनारायण सापकोटा तथा पार्टीकै धुर्कोट गाउँपालिका १ नयाँगाउँको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने नयाँगाउँ निवासी सरस्वती घिमिरेलाई पनि सम्मानस्वरुप सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker