जिल्ला समाचार

पानी बोक्दा आङ खस्ने आमा र दिदिबहिनी घरछेउ पानी खस्दा खुशी छन् : नेता बिष्ट

गुल्मी, १३ पुस । इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी-बजाउने डाडा-बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले भर्खरै आधारभूत समस्या समाधान हुन थाले पनि मानिसको जीवनमा ठुलो प्रभाव पार्ने योजना निर्माण भैरहेको बताए । उनले हिजो पानी बोक्दा आङ खस्ने आमा दिदिबहिनीलाई घर छेउमा पानी खस्दाको खुशी पुरुषलाई कम महसुस हुने बताए । उनलेबाल्यकालमा आफुले गाउँमा फाटेको चकटी बोकेर पढ्न हिडेको अनुभव सुनाउदै बिष्टले अहिले आफैले विद्यालयका ठुला-ठुला भवन बनाउदा खुसी लागेको बताए ।

“एक घर एक” धारा अभियान मार्फत नागरिकका खानेपानी समस्या समाधान गर्ने उदेश्यले गाउँपालिकाले खानेपानी योजना संचालन गरेको थियो । खानेपानी योजना ०७६ साल पुसमा सम्झौता भएर ०७७ चैतमा सम्पन्न भएको थियो । यो योजनाको लागत ६४ लाख बढी रहेको छ ।

सम्झौता ०७६ पुस लिफ्ट खानेपानी योजना मार्फत ३ सय घरधुरी लाभान्वित हुने योजना अध्यक्ष लिल बहादुर बिष्टले जानकारी दिए । अहिले ६८ घर र एक विद्यालयमा एक घर एक घारा पुगेको छ । जुकेपानी-बजाउने डाडा-बनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता राम बहादुर बिष्टले जुग फेरिए जस्तै महसुस भएको बताए । उनले घन्टौ हिडेर रात र बिहान बिताएका नागरिकको लागि आजको दिन दिवस जस्तो लागेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D