जिल्ला समाचार

पाँच जिल्लाका सञ्चारकर्मीहरु गुल्मीमा

अनिल खत्री
२७ फागुन, गुल्मी । गुल्मीमा सञ्चारकर्मीहरुकका लागि शुसासन र बिकास सम्बन्धी २ दिने तालिम सुरु भएको छ । राष्ट्रिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीहरुकको लागि गुल्मी सदरमुकाम तम्घासमा शुसासन र विकास सम्बन्धी २ दिने तालिम सुरु भएको हो ।

तालिममा गुल्मी, पाल्पा,अर्घाखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाका बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिमको सोमबार रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख भुसालले पत्रकारहरुले राजनितिक पूर्वाग्रह त्यागेर मात्र पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले समाचारले धेरै प्रभाव पार्ने भएकाले सत्य तथ्य समाचारहरु उठाउन आग्रह गरे । उनले पत्रकारहरुले सत्य तथ्य भन्दा पनि कसैलाई चित्त नबुझे रिसीबीको भाव साधेर तुरुन्तै समाचाहरु लेख्ने गरेको बताए ।

नगर प्रमुख भुसालले पत्रकारहरुले खाली नकरात्मक मात्रै समाचाहरु लेख्ने गर्नाले जनतामा निशासा पैदा गर्ने काम भएको बताए । उनले केहि पनि काम भएको छैन् भन्दा पनि कामको सुरुवात भएको छ अब आगामी दिनहरुमा गर्नुपर्ने समस्याहरु यस्ता छन् जस्ता विषयहरुमा पत्रकारहरु केन्द्रीत हुनुपर्नेमा जोड दिए । दुइ दिने तालिमको प्राध्यापक रामकृष्ण रेग्मी, सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुली लगायतले तालिको सहजीकरण गरेका छन् । तालिमा शुसासन र विकास बारेमा केन्द्रि रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker