अनिल खत्री
१८ बैशाख गुल्मी । गुल्मीमा पहिरोमा लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ नेटा दुनाम निवासी ३३ वर्षिय दिपक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।
बिक सोमबार राति छिमेकीको कुलपुजामा गएर घर फर्किने क्रममा पहिरोमा लडेका थिए । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोमबार साँझ परेको चट्याङबाट ४ जना घाइते भएका छन् ।
जिल्लाको सत्यवती ४ लिम्घामा हेमबहादुर बिकको घरमा परेको चट्याङबाट ४ जना घाइते भएको प्रहरीले जनाएको छ । चट्याङबाट घाइतेहरुको अबस्था समान्य रहेको निरिक्षक चौधरीले जानकारी दिए ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र






