हुमाकान्त पाेखरेल
गुल्मी, २३ साउन । रूपन्देहीकाे सैनामैना नगरपालिका १ स्थित परूवा परमेश्वर शिव ज्याेषित लिङ्ग बाेल्बम धामले गुल्मी सत्यवतीका पहिराे पिडितलाई सहयाेग गरेकाे छ । धामले बिहिबार दुई सय ५० किलाे चामल र नगद १४ हजार पहिराे पिडितका लागि प्रदान गरेकाे हाे ।
धामका अध्यक्ष रामबल्ली चाैधरी र महासचिव प्रेमलाल भुसालले सत्यवती गाँउपालिका ४ लिम्घाका अध्यक्ष दान बहादुर रानालाई नगदसहित सहयाेग प्रदान गरेकाे हाे । प्रदान गरिएकाे रकममध्ये केही समितिकाे काेष र केही कार्यसमिति सदस्यबाट संकलन गरीएकाे हाे । यहि साउन ११ गते सत्यवतीकाे वडा वम्बर ३ लुम्पेक र वडा नम्बर ४ लिम्घामा पहिराे जाँदा १३ जनाकाे ज्यान गएकाे थियाे ।
घटनामा तीनसय भन्दा बढी परिवार विस्थापित भएका छन् । पिडितहरूकाे उद्दार र राहतका लागि अहिलेसम्म झण्डै नगद एक कराेड संकलन भएकाे गाँउपालिकाले जनाएकाे छ ।