जिल्ला समाचार

परमानन्द भण्डारी बहुमुखी क्याम्पसको बार्षिकोत्सव सम्पन्न

हुमाकान्त पोखरेल
१३ माघ, गुल्मी । धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट गाउँपालिका ५ वस्तुको १० औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा क्याम्पस संचालक समिति कोषाध्यक्ष केशव भण्डारीले आर्थिक बर्ष २०७४÷७५ को दुई करोड १७ लाख ६३ हजार २०० रुपैँया १२ पैसा बराबरको आयब्यय प्रस्तुत गरेका छन् । जसमध्ये आयतर्फ बैंक तथा नगद मोज्दात एक करोड ७२ लाख ९० हजार ३८८ रुपैँया ८९ पैसा रहेको छ ।

त्यस्तै ऋण तथा सापटी हिसाबमा तिन लाख ४५ हजार ७२५, प्रमाणपत्र शुल्कबाट २४ हजार, भर्ना शुल्कबाट २० हजार २८० प्राप्त भएको छ । मासिक शिक्षक शुल्कबाट दुई लाख २८ हजार, चन्दाबाट दुई लाख ६० हजार ३००, रजिष्ट्रेशन शुल्कबाट १० हजार २००, आवेदन फर्म शुल्कबाट ९७ हजार ८००, वडा कार्यालयबाट एक लाख र गाउँपालिकाबाट १३ लाख ८३ हजार ७२४ प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

त्यस्तै ब्ययतर्फ प्रध्यापक तथा कर्मचारीको तलबमा ११ लाख ९६ हजार ९७०, मसलन्द तथा स्टेशनरीतर्फ १८ हजार २९५, पाठ्यपुस्तक खरिदमा सात हजार ५१४, बार्षिक उत्सवमा २० हजार ४२८ खर्च गरिएको छ । त्यस्तै दैनिक भ्रमण खर्चमा ४२ हजार ४००, शैक्षिक भ्रमण खर्चमा ५३ हजार, कार्यालय सामाग्री खरिदमा ११ हजार ८३५ लगायत विभिन्न रकममा रकम खर्च गरिएको कोषाध्यक्ष भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमकै अवसरमा क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले क्याम्पसको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पसबाट हालसम्म कुल ९१ जनाले स्नातक तह उत्र्तिण गरेको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सासंद दिनेश पन्थीले प्रदेश सरकारले शैक्षिक गुणस्तर बृद्धिको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुली, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, रेसुङ्गा नगरपालिकाका उपप्रमुख सिता भण्डारी, धुर्कोट गाउँपालिकाका उपप्रमुख शिव केसी, प्रमुख प्रशासकिय अधिकृत मधु घिमिरे, नेकपा नेता नरेश भण्डारी लगायत विभिन्न जनप्रतिनिधी, समाजसेवी, चन्दादाता, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D