जिल्ला समाचार

पदमा भागबण्डा नमिल्दा सुनचाँदी व्यवसायी गुल्मीको अधिवेशन स्थगित

गुल्मी, असार ३० । नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मीको अधिवेशन स्थगित भएको छ । सदरमुकाम तम्घासमा शनिबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको छैटौं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन ३ महिनाको लागि स्थगित भएको सुनचाँदी व्यवसायी संघ गुल्मीका कोषाध्यक्ष झबिन्द्र सुनारले बताएका छन्।

शनिबार राती अबेरसम्म बसेर छलफल गर्दा पनि पदमा भागबण्डा नमिलेपछि अधिवेशन सारिएको सुनारले बताए । सुनारले भने, “हामीले नेतृत्व फेर्न चाहन्छौँ तर वर्तमान अध्यक्षले फेरी अध्यक्ष पदमा बस्ने मनसाय व्यक्त गर्नुभयो, अनी कुरा मिल्न सकेन ।” वर्तमान अध्यक्ष बालकृष्ण सुनारले २०६९ सालदेखि लगातार नेतृत्व गरेको उनले उल्लेख गरे ।

अध्यक्ष पदमै कुरा नमिलेपछि अन्य पदमा पनि कुरा मिल्न नसकेको सुनचाँदी व्यवसायी गुल्मीले जनाएको छ । आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भन्दै अधिवेशन सुरु भएको थियो ।

३ महिनापछि सर्वम्मतले या त चुनावी प्रक्रियाबाटै भए पनि नेतृत्व छान्ने कोषाध्यक्ष सुनारले दावी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D