जिल्ला समाचार

पत्रकार जनार्दन घिमिरेकी पत्नीलाई स्तन क्यानसर, उपचारमा आर्थिक संकट

प्रेम सुनार
गुल्मी, कार्तिक–१२ । गुल्मीका वरिष्ट श्रमजिवि पत्रकार जनादर्न घिमिरेकी धर्मपत्नी ३५ वर्षिया शारदा घिमिरेलाई स्तन क्यानसर भएको छ । महँङ्गो उपचार खर्च लाग्ने उक्त रोग निको पार्न १५ देखि २० लाख रुपैँया सम्म चाहिने बताईएको छ । काठमाण्डौको टिचिङ अस्पताल र अल्का अस्पताल पछि शारदा घिमिरेलाई यति वेला ललितपुरको हरिशिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।

घिमिरेलाई थप अप्रेशनसका लागि भारतको राजिव गान्धी अस्पतालमा लैजान लागिएको पत्रकार घिमिरेले बताए । भर्खर मात्रै घर बनाएका पत्रकार घिमिरेलाई गम्भीर आर्थिक संकट परेको छ तर पनि उनि आफैले सहयोगकोे अपिल गर्न अफ्ठ्यारो मानेका छन् । ‘भर्खरै घर बनाएको बेला आर्थिक संकट त निकै परेको छ’– पत्रकार घिमिरेले भने–‘ म आफैले सहयोगको अपिल गर्न अफ्ठ्यारो लागेको थियो तर पत्रकार महासंघ सहित तपाई पत्रकार साथीहरुले मेरो श्रीमती बचाउ अभियान चाल्नु भएकोमा धन्यवाद छ । ’

तर गुल्मी जिल्ला स्थित पत्रकार महासंघ र विभिन्न शुभेच्छुक संगठनले पत्रकार पत्नी घिमिरेको उपचार्थ सवैसंग सहयोगको अपिल गरेका छन् । नेपाल प्रेश युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रेस चौतारका अध्यक्ष शिव सुवेदी, प्रेश सेन्टर गुल्मीका संयोजक दधि खनाल र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका पत्रकार नेताहरुले महासंघका पुर्व अध्यक्ष घिमिरेकी पत्नीको उपचार्थ देश विदेशमा रहेका नेपाली दाजु भाई दिदी वहिनी, संघ संस्था र प्रवासी संगठनसंग सहयोगको अपिल गरेका छन् ।

दुई दशक अघि देखि गुल्मी जिल्लाको पत्रकारितामा महत्वपुर्ण भुमिका निभाउँदै क्रियाशिल रहेका पत्रकार घिमिरे गुल्मी मुसिकोटको सामन्य परिवारमा जन्मीएका व्यक्ति हुन् । पत्रकारितामा लामो संघर्ष पछि गत वर्ष मात्रै तम्घासमा घर बनाएर बसी रहेको बेला एक्कासी पत्नीलाई यति ठुलो विमार लागे पछि उनि स्तव्ध बनेका छन् । घम्भीर आर्थिक संकटमा परेका घिमिरेलाई यति वेला सवैको सहयोगको जरुरी भएको छ । सहयोग गर्न चाहनु हुने महानुभावले नेपाल पत्रकार महासंघ गुल्मी शाखा वा यहाँ क्रियाशिल जो कोही पत्रकारहरु संग सम्पर्क राख्न अनुरोध गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D