जिल्ला समाचार

पत्रकारहरु क्षमा मागेर उम्कीन खोज्छन्: सुचना विभागका महानिर्देशक राई

प्रेम सुनार
गुल्मी, फाल्गुन ३ । सुचना तथा सञ्चार मन्त्रालय , सुचना विभागका महानिर्देशक बिरबहादुर राईले पत्रकारहरुको कलम शक्तिशाली हुने गरेकोले त्यसको दुरुपयोग भने कसैले गर्न नहुने सुझाव दिएका छन् । सुचना विभागको आयोजना र युएसएडको सह आयोजनामा नेपाल पत्रकार महासंघ गुल्मी शाखाको संयोजनमा आज देखि सदरमुकाम तम्घासमा सुरु भएको ५ दिने आधारभुत पत्रकारिता तालिममासहभागिहरुलाई सम्वोधन गर्दै महानिर्देशक राईले यस्तो सुझाव दिएका हुन् ।

प्रेस काउन्सिल नेपालका सदस्य सचिव समेत रहेका राईले भने–‘पत्रकार र सञ्चार माध्यम विरुद्ध थुप्रै उजुरी आउने गरेका छन् , त्यसमा पत्रकारहरु क्षमा मागेर उम्कीन खोज्छन । तर क्षमा मागेर हुँदैन किन कि कसैलाई त्यो समाचारले ठुलो पिडा दिई सकेको हुन्छ ।

उनले अहिलेको जमना सामाजिक सञ्जालको भएको तर कतिपय सामाजिक सञ्जालमा आउने समाचार सत्य तथ्यमा आधारित नहुने गरेको प्रति सवै पत्रकारहरुलाई सजग गराएका छन् । समाजका लागि पत्रकारहरुको भुमिका अहंम रहेकोले जिम्मेवार ढंगबाट कलम चलाउनु पर्नेमा जोड दिए । पहिलाको जस्तो अवको पत्रकारिता नहुने, संघिय संरचना अनुसार चल्नु पर्ने धारणा राख्दै महानिर्देशक राईले जिम्मेवार र दक्ष पत्रकार उत्पादनका लागि सुचना विभागले विभिन्न जिल्लामा पत्रकारिता तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । करिव ३५ जना सहभागि तालिमा युवा भन्दा युवतीहरु दोव्वर भन्दा बढि सहभागि रहेका छन् ।

तालिम उद्घाटन सत्रमा रेसुङ्गा नगरपालिकाका मेयर ढिल्लीराज भुसाल , जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरे । सुचना विभागकी अधिकृत सरस्वती महार्जन , युएसएड नेपालका महासचिव रुपक कार्की लगायतको विशेष आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सह–सचिव घनश्याम खरेलको सञ्चालन रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D