नेविसंघ गुल्मीद्वारा मूल्यवृद्धिको विरोधमा सरकारलाई कालोझण्डा

रमेश वि.क.
जेठ २३, गुल्मी । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय तम्घासमा शान्तीपूर्ण धर्ना दिएको हो ।

सरकारबाट स्थायी शान्ति, भष्ट्राचार र हरेक बस्तुको मूल्यमा स्थिरता आउने आशामा रहेका नेपाली जनतालाई अहिले निराशा बनाएको, देशमा पेट्रोलियम पदार्थको मूल्य हप्तै पिच्छे सरकारले बढाउन थालेपछि जनतासंगै विद्यार्थीहरु पनि महङ्गीको चपेटामा परेको र सरकारले गैर जिम्मेवार ढङ्गले गरेको मूल्यवृद्धिको विरोधमा सरकारलाई कालो झण्डा समेत देखाइएको थियो ।

सरकारले हामीले गरेको मागलाई तत्कालै पुरा नगरे थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउन सरकारलाई नेविसंघ गुल्मीका का.वा. सभापति झविन्द्र पाण्डेयले चेतावनी समेत दिएका छन ।
हिजो अर्थात जेठ २२ गते प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सिना मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ