जिल्ला समाचार

नेविसंघ गुल्मीको सचीबमा अर्जुन पोखरेलको उम्मेदवारी

गुल्मी, माघ २६ । नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिएसंगै विभिन्न पदका लागि विभिन्न ब्यक्तिले उम्मेदवारी दिने भएका छ्न् ।

१२ औं जिल्ला अधिवेशनमा सचिव पदमा धुर्कोट गाउँपालिका वडा नं. ४ मा जन्मेका अर्जुन पोखरेलले आफ्नो उम्मेदवारी दिने भएका छन ।

लामो समयदेखी विद्यार्थी राजनितिमा होमिएका पोखरेल एक कुशल विद्यार्थी नेताको रुपमा आफ्नो छवि बनाउदै आएका नेताको रुपमा चिनिदै आएका छन ।

अर्जुन पोख्रेल

पोखरेल नेपाल विद्यार्थी संघ गुल्मिको पान्चायन मा वि को इकाइ सचीव त्यसपछी रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मिको इकाइ सदस्य हुँदै २०७२ साल पौष २ गते सर्वसम्मत रुपमा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मिको इकाई सभापति बनेका थिए ।

नेपाल विद्यार्थी संघ गुल्मीले चालेका हरेक कार्यक्रम एवं आन्दोलनमा पोख्रेलले सकृय भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D