जिल्ला समाचार

नेविसंघका संस्थापक केन्द्रीय सदस्य तथा पूर्वसांसद भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित

रमेश विश्वकर्मा
गुल्मी, बैशाख ०४ । नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व सांसद रुद्रमणी भण्डारीको निधनप्रति ने.वि.संघ गुल्मीले शोक प्रस्ताव पारित गरेको छ ।

गत चैत्र २८ गते नेपाली काँग्रेस गुल्मीका अग्रज नेता एवम पूर्व सांसद रुद्रमणि भण्डारीको जीप दुर्घटनामा परि निधन भएको थियो । समाजवादी जिवनशैली अंगालेका ने.वि.संघका सँस्थापक केन्द्रिय सदस्य एवम पूर्व सांसद भण्डारीको निधनले ने.वि.संघलाई निकै क्षति पुगेको भन्दै ने.वि.संघ गुल्मीले उपसभापति तोमलाल पन्थीको संयोजकत्वमा मंगलबार शोक प्रस्ताव पारित गरेको छ ।

सादगी जिवन र उच्च नैतिकताको प्रतिक एवम प्रेरणाका श्रोत भण्डारी सहित ओस्कर वि.क. र कौसिला थापाको निधनले ने.वि.संघ गुल्मी शोकमा परेको भन्दै शोक प्रस्तव पारित गरेको वि.संघ गुल्मीका उपसभापति तोमलाल पन्थीले जानकारी दिएका छन ।

गुल्मी जिल्लामा राम्रो छवी बनाएका उनले आफ्नो कार्यकालमा प्रसंसनिय कार्य गरेको नेपाली कांग्रेसका जिल्ला नेताहरुले बताए । आफ्नो पार्टीमा मात्रै राम्रो नभइ विपक्षीहरुको समेत मनोभावना बुझ्न सक्ने नेताको रुपमा गुल्मेली जनताले पूर्व सांसद भण्डारीलाई लिएका थिए ।

चैत्र २८ गते उनी मालिका गाउँपालिकाको घमिरमा एक शोक सभा सम्पन गरि बाग्लुङ्गको शोक सभामा उपस्थित हुनका लागि लु १ ज १९५७ नम्बरको जीपमा सवार थिए । उक्त जीप मुसिकोट नगरपालिकाको वडा नम्बर १ मा दुर्घटना हुदा उनी सहित ओस्कर वि.क. र कौशिला थापाको ज्यान गएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D