कौरव खत्री
गुल्मी, ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।
मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट हालसम्म २२ लाख चन्दा बोल रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।
गत बुधवार विद्यालयमा बसेको एक भेलाबाट ४ लाख २६ हजार ७ सय ७० रुपैया समेत गरि हालसम्म जम्म्मा २२ लाख नगद र बोल रकम गरि उक्क्त सहयोग भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।
२०ंं१४सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।
प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि यहि माघ २१ देखि २९ गतेसम्म विद्यालयले मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सवबाट श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको छ ।